काठे लोक दोहोरी गित बाट पछिल्लो समयमा निकै चर्चा कमाएका दिनेश श्रेष्ठ पछिलो समयमा एक पछि अर्का चर्चित गित बजारमा ल्याउन सफल भएका छन । गित लेख्न, गाउन अभिनय गर्न सिपालु श्रेष्ठ गायनमा धेरै पोक्त देखिन्छन् । उनले गाएका गितले काठ क्षेत्रमा निकै चर्चा कमाएका छन् । तिम्रो फोटो बोल्दैन खोइ किन, सालको पात सिन्काले गासेर, गैरि पिपल लर्के बर डाडैमा, साईली रिमै, डोरी गाँसेको जस्ता बिभिन्न चर्चित गित बजारमा ल्याएका श्रेष्ठ काठ क्षेत्रका सफल गायक हुन् ।

झनै उनको गैरि पिपल लर्के बर डाडैमा गितले त उनलाई काठ क्षेत्रको उचाइको शिखरमा पुर्याएको थियो । उनले गाएका गित सामाजिक संजाल र टिकटकमा भइरल छन् । भनेकै थे मेरै भै बसम अब तिम्रो बाल छैन माँ कसम भन्ने उनले गाएको त्यो टुक्कालाई धेरै दर्शक स्रोताले मन पराउनुको साथै टिकटमा धेरैले गरेको देख्न पाइन्छ ।