काभ्रे जिल्लामा खुल्ला भलिबल प्रतियोगिता हुदैँ


बनेपा, कोरोना भाइरसको कारण बसै क्षेत्र ठप्प भएको झण्डेै एक वर्षको लामो समय पछि विस्तारै सबेै क्षेत्र खुल्ला हुदै आएको छ । लामो समय सम्म काभ्रे जिल्लामा कुनै पनि खेलकुदका कार्यक्रम हुन सकेको थिएन । यसै बिचमा काभ्रेको पनौती नगरपालिका वडा नम्बर छ मा प्रथम दलिन्चोक कप काभ्रे जिल्ला व्यापी खुल्ला भलिबल प्रतियोगीता हुने भएको छ ।

कार्यक्रम यँहि माघ १२ देखि १६ गते सम्म पनौती नगरपालिका
वडा नम्बर ६ दलिन्चोकको भलिबल ग्राउन्डमा हुने भएको हो ।

कार्यक्रमको आयोजना दलिन्चोक भलिबल क्लब पनौती छ दलिन्चोक काभ्रेले गर्ने भएको छ । खेलमा जिल्ला भरिका सम्पुर्ण मानिसहरु सहभागी हुन पाउने आयोजकले जानकारी दिएको छ । सहभागिता जनाउनको लागी ३००० शुल्क लाग्ने आयोजकले हामिलाई बताएको छ ।
कुनै पनि क्लबहरुले गेम खेल्न चाहेमा क्लबका ब्यक्तीहरु किरण सि खड्का र कृष्ण खडका लाई सम्र्पक गर्ने समेत आवहान गरिएको छ । ९८०८११८१९८ र ९८१८१०९७९३

प्रतिक्रिया दिनुहोस्