गरुड र छाँयाश्वरी सहकारी एकीकृत हुँदै दुबैको संयुक्त रूपमा रक्तदान कार्यक्रम सम्पन्न


काभ्रेपलान्चोक – बनेपामा रहेको गरुड बचत ऋण सहकारी र छाँयाश्वरी बचत तथा ऋण सहकारी संस्था बिच एकता हुदै एकीकृत संयुक्त पहिलो साधारण सभा सम्पन्न भएको छ ।

बनेपाको पुलबजारमा रहेको गरुड बचत तथा ऋण सहकारी संस्थाको सातौ साधारण सभा कार्यलयको प्रागणमा रक्तदान कार्यक्रम गरि सम्पन्न गरिएको हो ।

नेपाल अपुष्ट रक्तकोष समूह काठमाडौको सहकार्यमा थालेसीमिया रोगको जानकारी सहित गरुड सहकारीको प्रागणमा रक्तदान कार्यक्रम गरि सस्थाले साधारण सभा गरिएको हो


रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरिएको संस्थाको अध्यक्ष बासु खड्काले जानकारी दिए । सेयर सदस्यहरुको हकहित र आर्थिक क्रियाकलापहरुमा जोड्दिदै सस्थाले विभिन्न गतिविधिहरुमा समेत सहयोग गरिदै आएको सस्थाको अध्यक्ष बासु खड्काले जानकारी दिए। रक्तदान कार्यक्रममा रक्तदान गर्नुहुने ब्यक्तिहरुलाइ प्रमाण पत्र सहित सम्मन समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्