मैले न्याय गर्न पाए….!!! –केशवराज चौलागाई


–केशवराज चौलागाई
पुर्णबहुमतको प्रमले संसद विघटन गर्न पाउंछ,पाउनु पनि पर्छ तर कारण मुलक हुनु पर्छ।के यो विघटनको कारण मुलुक र मुलुकबासी हो त ? । होईन, अन्तर्यमा सत्ताकव्जा जस्तो कुत्सित दाउ भएपनि,बहुमत सांसदले, यत्रो मेहेनतले प्राप्त गरेको सत्ताको दुरुपयोग गरयौ, बडो दुखले ओडेको कम्युनिष्टको खोल च्यातिदियौ,काण्डै काण्डले ईतिहास रङ्ग्याएउ, भ्रष्टचार दुराचार कति कति, आफु त नाङ्गिदै गयौ हामीलाई पनि मुख छोप्ने रुमाल दिएनौ । त्यसैले वरु शासन तिमी नै गर हाम्रो खोल त जोगाईदेऊ, भनेर विन्तीभाउ गरे । उनी जुन घेरामा बांधिएका थिए त्यो घेरा तोड्न चाहेनन् । बहुमत सदस्यहरुले उनी माथि कानुनी कारवाही (अविश्वासको प्रत्साव)समेत गर्ने तयारी गरयो ।
जस्लाई आफ्नै दलका बहुमत सदश्य र सांसदहरुले कारवाही गर्न आंटेका,बहुमत जनताले खिसिट्युरी गरिरहेका वेला,आफ्ना प्रीय मन्त्रीहरु एक पछि अर्को भ्रष्टचारमा मुछिएको बेला, अन्तर्राष्ट्रिय सम्वन्धमा भरोसा गुमाएको बेला,कोरोना महामारीमा कुहिरोको काग बनेको बेला, जनताले सडकबाटै राजीनामा माग्न थालीसकेको बेला, आफुलाई फेरि ताजा बहुमत चाहियो भनेर सदन विघटन गरिदिएर जग हंसाए ।
विभिन्न वाद,शिद्धान्तहरुको जलप लाउंदै भिरेको छद्म भेष फुकाली दिएर कथित कम्युनिष्ट सत्ताको पतनको आरम्भ गर्दै जुन कदम चालियो, भ्रमको खेती मासियो। मुर्खताको पराकाष्टा भएपनि उनको जनतासंगको आत्मासमर्पण (निर्वाचनको घोषणा)भने मुलुकको बेहितमा छैन।त्यसैले उनले गरेको विघटन सदर गरिदिन्थे ।
उता हिंसाको साहरामा सत्ताको रस पिईसकेका मुलुक एकताका सास्कृतिक आधारहरु भत्काउंदै, जातीय, क्षेत्रीयर साम्प्रदायिक द्वन्द सृजना गरेर स्थापित दलहरुमा ऐंजेरु वनेर अर्काको वास्तविक स्वरुप नै वदल्ने रणनीति बोकेका प्रचण्ड, त्यसैगरी करिव दुईदशक पार्टीको शीर्ष स्थान भोग गरिसकेका माधव झलनाथ समुहका सत्ता पिपासुहरुलाई सत्तामा भन्किन समेत नपाए पछि आफुले नपाएपछि ओलीलाई एकलौटी राज गर्न किन दिने? नरहे बाँस नवजे बांसुरीको नीति अवलम्वन गरेकाहरु र प्रचण्डसमुह जम्मा हुंदा पार्टी कमिटिमा बहुमत हुन्छ नै। पार्टी एकीकरण गर्दाका सदस्य मध्ये प्रचण्डमाधव पक्षमा स्पष्ट बहुमत देखिएको हुंदा पार्टीको आधिकारिक्ता उनीहरुलाई प्रमाणित गरि दिन्थे।केपी ओलीको चुनाव सदर,घर न घाटमा पर्न आंटेको प्रचण्डमाधव जो सडकमा विक्षिप्तता प्रस्तुत गर्न वेर छैन उनीहरुलाई पार्टीको आधिकारिक्ता दिने हो भने उनीहरुलाई पनि शान्ति मिल्ने हुंदा मुलुक क्रमश अगाडि बढ्ने छ।निर्वाचनको वातावरण पनि वन्दै जाने छ । मुलुक लिकमा आउने छ ।
यो लोकतान्त्रिक पद्धतिमा बहुमतको कदर गर्न सक्नु पर्छ।संसद विघटन गर्दाको समयमा केपी ओलीसंग बहुमत थियो।त्यस पछिको विभाजनमा तात्कालिन समयमा गठन गरिएको कमिटिको बहुमत प्रचण्डमाधव समुहमा देखिएको वर्तमान अवस्थामा सबैको जित हुनेगरी बहुमतको पक्षमा न्याय दिनु पद्धति समेतको भावना र मर्म अनुकुल हुने ठहर गर्दै ओली पक्षको चुनाव सदर, प्रचण्डमाधवलाई चुनाव चिन्ह ।अन्योलताबाट मुक्ति,शान्तिको मार्ग ।
संविधान र कानुनका शव्दावलीसंग खेलेर,बार्हसत्तरी तर्क वितर्क गर्नु भन्दा, सरल हिसावले जनभावना र मुलुकको दीर्घकालिन हित हेरेर सबैलाई चित्त वुझ्ने न्याय दिन सकियो भने सबैले जित्ने उपाय यही हो।छिटो भन्दा छिटो न्याय निरुपण गरेर अन्यौलग्रस्त मुलुकलाई आफ्नै लिकमा फर्काउने कुरामा विलम्व नगरी लोकसम्मतिलाई आधार मानेर, बहुमतीय पद्धतिलाई आत्मासाथ गर्दै ओलीको विघटन सदर, प्रचण्डमाधवलाई चुनाव चिन्ह,कांग्रेस लगायतकाका लोकतन्त्रवादीहरुलाई चुनाव दिएर न्याय निरुपण गरिदिन्थे ।
संविधानमाथि बलत्कार भयो, चुनावरुपी शिशु गर्वमा बस्यो । बलत्कारीका मतियार अरु कम्युनिष्टहरु गर्व तुहाउने प्रयासमा छन् । म भन्छु बच्चा जन्मिन दिनु पर्छ।बलत्कारीलाई दण्डित गर्दै चुनावरुपी बच्चालाई जन्मन दिनु पर्छ।आमा र वच्चाको रक्षा गर्नु न्यायिक धर्म हो । –

प्रतिक्रिया दिनुहोस्