काभ्रे जिल्लाको कोशिपारी भुम्लुका केशरी प्रसाद चौँलागाई केपी आज भोलि निकै ब्यास्त हुनुहुन्छ । आज भन्दा दश वर्ष पहिला बिदेशमा कामको शिलशिलामा हुनुहुन्थो । बिदेश बस्दा धेरै मेहनत गर्नु परेको र धेरै दुख पाएको हामीलाई जानकारी दिनुभयो । बिदेशी भुमिमा झण्डै दुई वर्ष काम गरेको अनुभब र नेपालमा नै केही गर्नु पर्छ भन्ने हेतुले केपी चौँलागाईले काठमाडौको बानेश्वरमा अहिले युनाइटेड फ्यासिलिटी सर्भिस प्रालि र नेपाल क्लिनिङ सोलुसन संचालन गर्नुभएको छ । कार्पेट, सोफा, कुर्सी, पर्दा, सिसा, मार्वल, सरसफाई युनाइटेड फ्यासिलिटी सर्भिसले गर्ने गर्दछ । यस सर्भिस प्रालि बाट बेरोजगारी जोसुकै लाई पनि क्षमता अनुसार काम दिने चौलागाईले जानकारी दिनुभयो । अहिले सम्म झण्डै हजारौ मानिसहरु लाई रोजगारी दिएको र धेरैले आफै नयाँ नयाँ कम्पनी खोलेको बताउनु भयो । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले ब्यवसायी केशरी प्रसाद चौँलागाई केपीसँग गरेको कुराकानी ।

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
आज भोलि आफ्नो दैनिक कामहरु तिर नै ब्यस्त छु । घर अफिस तिर नै बिजी हुन्छु ।

० तपाईको युनाइटेड फ्यासिलिटी सर्भिस कस्तो प्रकारको संस्था हो ?
युनाइटेड फ्यासिलिटी नितान्त एउटा सरसफाई प्रदान गर्ने संस्था हो । घर अफिस सरकारी संस्था, गैर सरकारी संस्था तथा सबैलाई सरसफाई प्रदान गर्नको लागी खोलिएको संस्था हो । अग्लो अग्लो उचाईमा रहेका सिसाहरुलाई अत्याधुनिक प्रबिधि बाट सरसफाई गर्ने काम गरिन्छ । प्रत्येक घरमा अफिसमा सोफा पर्दा हुन्छन् । यसलाई धुन सफा गर्न मिल्दैन भन्ने गरिन्थो । तर अहिले हामी घर अफिसमा नै गएर अत्याधुनिक मेसिनबाट सोफा पर्दा मार्वल सरसफाई गर्ने काम गर्दछौ ।

० सरसफाई गर्न सजिलो छैन यस्तो काम गर्दा रोग लाग्ने हुन्छ तपाईहरुले कसरी गर्नु हुन्छ ?
अहिले पनि हामी कोरोना माहामारीको अवस्थामा छौ । कोरोना भाइरसले माहामारी चलाएको अवस्थामा त हामी सुरक्षित भएर काम गरेका छौ भने यो माहामारी नआएको भए हामीलाई धेरै सजिलो हुने थियो । माहामारीले हामीलाई अलि गाह्रो बनाएको छ । यस्तो अवस्थामा पनि हामी सुरक्षित हुने उपायहरु माक्स, सेनिटाइजर, ग्लोप्स र पिपिइ लगाएर काम गरिरहेका छौ ।

० युनाइटेड फ्यासिलिटी सर्भिसले अहिले सम्म कुन कुन संस्थामा काम गदै आएको छ ?
हामीलाई फोन एस एम एस आउँछ बिभिन्न संस्थाहरु बाट त्यहाँ पनि जाने गरेका छा,ै घरहरुमा जान्छौ । साथै राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, बिभिन्न बैकहरु कुमारी बैक, ग्लोबल आइ एमी बैक यि बैकहरुमा सरसफाईको सुबिधा दिएका छौ ।

० तपाईहरुमा के त्यस्तो छ र ठुला ठुला संघ संंस्थामा सरसफाईको सुबिधा दिनु हुन्छ जुन अरुले गर्न सक्दैन्न ?
हामीमा सबै काम गर्ने मानिसहरु दक्ष हुनुहुन्छ । प्राय सबै बैदेशिक रोजगारीमा गएर दुई तिन वर्ष काम गरेर अनुभव भएका मानिसहरुले हाम्रोमा काम गर्नु हुन्छ । साथै हामी अत्याधुनिक सुबिधायुक्त बिदेशमा प्रयोग हुने मेसिनहरु बाट गुणस्तरीय सेवा सुलभ मुल्यमा सरसफाईको सुबिधा दिने गरेका छौ । यस कारण हामिलाई अलि प्राथमिकता दिनु हुन्छ । अरु कम्पनिमा अनुभव नभएका मानिसहरु हुन्छन् हाम्रोमा त्यस्तो छैन ।

० तपाईहरु लाई काम गर्ने अवसर कसरी दिइन्छ ?
हामी घर तथा अफिसमा नै गएर हाम्रो कम्पनिको बारेमा बताउने गरेका छौ । वार्षिक रुपमा ठुला ठुला सस्था बाट टेन्डर खुल्ने गर्दछ त्यसमा पनि भर्ने गरेका छौ । जसले कम दरमा सेवा प्रदान गर्नु हुन्छ उसलाई काम गर्ने अवसर प्राप्त हुन्छ । कति संस्थाहरुले त हाम्रो काम सुलभ मूल्यमा गुणस्तरीय सेवा भनेर अन्य बिभिन्न संस्थाहरु लाई भनिदिनु हुन्छ । यस बाट पनि हामिलाई काम गर्ने अवसर प्राप्त हुन्छ ।

० युनाइटेड फ्यासिलिटी सर्भिस प्रा.लि. नै राख्छु भन्ने सोच बिचार कहाँ बाट आयो ?
बैदैशिक रोजगारीमा जाने क्रममा म सरसफाई सम्बन्धि सुपर भाइजरको लागी गएको थिए । त्यहाँ गएर मलाई धेरै कुरा सिक्ने मौका मिल्यो बिदेशी भुमिमा काम गर्ने त धेरै गार्यो थियो । तर पनि मैले सात आठ वर्ष काम गरे त्यही अनुभव लाई मैले नेपालमा सदुपयोग गर्ने सोचले आफैले खुलाएको हो । अनि अर्को कुरा हामी प्रबिधियुक्त गुणस्तरीय अत्याधुनिक मेसिनहरु बाट सरसफाई गर्नु पर्छ र हामीले प्रबिधिको पनि सदुपयोग गर्नु पर्ने हुन्छ भनेर मैले संचालन गरेको हँु ।

० तपाईलाई बिदेशमा बस्दा नेपालमा गएर म पछि यस्तै काम गर्छु भन्ने लागेको थियो ?
अवश्य पनि सोचेको थिए किनकि नेपालमा खासै त्यस्तो आधुनिक प्रबिधि भित्रिएको थिएन केहि मात्रा मा भएको भए पनि धेरै महँगो पर्ने हुन्थो । बिदेशमा थोरै पैसामा काम गर्नु पर्ने हुदाँ यति पैसा त नेपालमा नै आफैले संस्था खोलेर संचालन गर्यो भने अवश्य नै कमाइन्छ भन्ने लागेको थियो । त्यही भएर संचालन गरेको हँु ।

० बिदेशमा दिने जस्तो सेवा सुबिधा तपाईहरुले दिनु भएको छ ?
बिदेशमा जस्तै काम गर्ने अत्याधुनिक मेसिनहरु त सबै हामी सँग हुदैन । नेपाल अलि बिकासउन्मुख अवस्थामा नै रहेको छ सबेै मेसिनहरु यहाँ उपलब्ध हुदैनन । हामीले सरसफाई सम्बन्धि सम्पुर्ण मेसिनहरु बाहिर बाट नै मगाउनु पर्ने हुन्छ एउटै मेसिनको आठ दश लाख पर्न जान्छ । सस्तो भनेको नै तिन चार लाखको हुन्छ । त्यही भएर सम्पुर्ण मेसिनहरु बिदेशको जस्तो नहोला तर पनि हामीले नेपालमा अरुसँग नभएका अत्याधुनिक मेसिन बाट नै सेवा दिने गरेका छौ ।

० तपाईको यस अफिसबाट दिने अरु सेवाहरु के कस्ता छन ?
मार्वल पोलिसिङ्ग, किचेन क्लिनिङ्ग, कार्पेट, सोफा, पर्दा सफाई, गार्डेनिङ्ग सर्भिस, रङ्गरोगन सम्बन्धि कार्य, किटनाशक औषधि छर्ने काम, घर तथा अफिस सराई व्यवस्थापन, कर्मचारी सप्लाई साथै घर तथा अफिस सफाई सम्बन्धि सम्पुर्ण कार्य गरिन्छ ।

अन्त्यमा………… ?
तपाई लगायत तनपाईको मिडियालाई धेरै धेरै धन्यवाद दिन चाहान्छु साथै घर तथा अफिस सरसफाई गर्नु परेमा हामिलाई सम्झनुहोला भन्न चाहान्छु ।