सुपरनाेभाको माक्स तथा सेनिटरि प्याड वनाउने तालिम


काभ्रेपलान्चोक – दलित लक्षित कार्यक्रम अन्तर्गत ३ दिने माक्स तथा सेनिटरि प्याड वनाउने तालिम सम्पन्न भयकाे छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय ,व्यवसायिक तथा सिपविकास तालिम केन्द्र ,मकवानपुर हेटौंडा काे आर्थिक सहयाेग र सुपरनाेभा तालिम केन्द्र ,धुलिखेल काभ्रेको आयाेजनामा २० जना सहभागिहरू लाई तालिम दिईयकाे थियाे ।

यहि पौष ६ गते देखि सुरू भयकाे तालिम पौष ८ गते सम्पन्न भयकाे थियाे । समापन कार्यक्रममा आयाेजक संस्थाका लक्ष्मी राज साहकाे सभापतित्वमा जिल्ला समन्वय समितिका सदस्य विकास मगराति प्रमुख अतिथि थिए भने सीप विकासका केन्द्र प्रमुख युवराज गरूङ विशेष अतिथि ,अतिथिहरूमा सवा नेपालकि काभ्रे संयाेजक लक्ष्मी भालू श्रेष्ठ ,माेहन गजुरेल र नवराज सापकोटा काे उपस्थित थियाे ।तालिममा प्रशिक्षक विना वल रहनु भयकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्