दिनेश श्रेष्ठको “डोरी गासेको” टिकटकमा भाइरल


काभ्रेपलान्चोक – दिनेश श्रेष्ठको आवाजमा “डोरी गासेको” बोलको गित टिकटकमा भाइरल भएको छ । दिनेश श्रेष्ठ र निर्मला लामाको संयुक्त प्रस्तुतिमा “डोरी गासेको,आउछ झझल्को तिम्ले हासेको बजारमा सार्वजनिक भएको छ ।

दिनेश श्रेष्ठ र निर्मला लामाको सुमधुर स्वरबाट सजिएको यस गीतलाई शब्द सानु केसी ले भरेका हुन् । “डोरी गासेको,आउछ झझल्को तिम्ले हासेको” बोलको गीतलाई गोबिन्द घोरासैनिले लय भरेका हुन्।

भिडियोमा अनु पराजुली,राजकुमार महर्जन र रुष्मा सापकोटाको उत्कृष्ट अभिनय रहेको छ। प्रविन थापाको निर्देशन रहेको “डोरी गासेको,आउछ झझल्को तिम्ले हासेको” बोलको गीतको म्युजिक भिडियोलाई छायांकन बिरेन्द्र भट्ट र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका हुन् । छोटो समयमा नै अशंख्य श्रोता तथा दर्शकहरुले आफ्नो उच्च रोजाईमा पारिसकेका छन् । गीत टिकटकमा समेत भाइरल बनेको छ ।  https://www.youtube.com/watch?v=5AHvqVYmgQM&feature=share

प्रतिक्रिया दिनुहोस्