काभ्रे जिल्लामा थप ५४ जनामा कोरोना संक्रमण


मंगलबार जिल्लामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार आज ४५ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् ।
आज थपिएका संक्रमितमध्ये बनेपा, धुलिखेल, पाँचखाल, पनौती नगरपालिका र भुम्लु गाउँपालिकाबाट, महाभारत गाउँपालिकाबाट र खानीखोला गाउँपालिकाबाट गरी जिल्लामा आज ५४ जनामा कोरोना संक्रमण पुुष्टि भएको स्वास्थ कार्यालय प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्