सीताराम पोखरेलको स्वरमा रहेको गीत ‘मनको मैलो…’ सार्वजनिक भएको छ । हेमन्त खतिवडाको शब्द, सञ्जय हमालको सङगीत तथा सङ्गीत संयोजन रहेको गीत सार्वजनिक भएको हो ।

समन अधिकारीको निर्देशन रहेको गीतको भिडियोमा अभिनेत्री रिमा विश्वकर्मासँगै गायक पोखरेल तथा आयुषी ढकाल तथा हेमा श्रेष्ठको अभिनय छ । फराज अर्पणको छयाँकन तथा सम्पादन रहेको गीतको भिडियो ओएसआरको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ