धुलिखेल, काभ्रेमा अहिले सम्म कोरोना संक्रमित संख्या १२ सय ४३ पुगेको छ । जसमा महिला ४ सय ६७ जना र पुरुष ७ सय ७६ जना रहेका छन् । काभ्रेमा हिजो आइतबार ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै डिस्चार्ज भएको संख्या पनि ३३ रहेको छ भने १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार हिजो पुष्टि भएको संक्रमितहरुमा बनेपा नगरपालिकाका ५ महिला र ५ पुरुष, मण्डनदेउपुर नगरपालिकाका २ पुरुष र १ महिला, पनौती नगरपालिकाका ७ पुरुष र १० महिला, पाँचखाल नगरपालिकाका १ पुरुष र १ महिला र बेथाचोक गाउँपालिकाका १ पुरुष रहेका छन् ।
निको भैसकेको संख्या ६ सय ८६ रहेको छ । जसमा महिला २ सय ४३ जना र पुरुष ४ सय ४३ जना रहेका छन् । त्यसैगरि काभ्रेमा सक्रिय संक्रमित संख्या ५ सय ४४ जना रहेका छन् । जसमा महिला २ सय १४ जना र पुरुष ३ सय ३० जना रहेका छन् । सक्रिय संक्रमितहरु मध्ये १ सय ४८ जना अस्पतालको आइसोलेशनमा र ३ सय ९६ जना होम आइसोलेशनमा रहेका छन् । हालसम्म काभ्रे भन्दा बाहिर अस्पताल आइसोलेशनमा ३ पुरुष र १ महिला र होम आइसोलेशनमा ५ महिला र ३ पुरुष गरी १२ जना रहेका छन् ।
काभ्रे जिल्लामा कोरोना संक्रमणबाट १२ पुरुष र ८ महिला गरी २० जनाको मृत्यु भएको छ भने जसमध्ये ४ पुरुष र ३ महिला अन्य जिल्लाका रहेका छन् ।
हिजो मात्रै मृत्यु भएका व्यक्ति भक्तपुर जिल्ला घर भई धुलिखेल अस्पतालमा उपचाररत ५२ वर्षिय महिला रहेको छिन । -नव क्षितिज साप्ताहिकबाट