राजेश ढकाल र स्मृति गौतमको स्वरमा “गाउमै फर्केर” सार्वजनिक


काभ्रेपलान्चोक –  राजेश ढकाल र स्मृति गौतमको  स्वरमा लोक दोहोरी गीत “परदेशिको कथा भाग १ “गाउमै फर्केर” बजारमा आएको छ । बिशेष गरेर परदेशीहरुको यथार्थ भाव समाबेश गरिएको यस गीतलाई लय शब्द गायक स्वयम् राजेश ढकाल सिर्जना गरेका छन् ।

गीतको म्युजिक भिडियोमा आयुष्मा कार्की र गणेश राना मगरको अत्यन्त लोभ लाग्दो अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन बिराज फुयालले गरेका हुन् भने छयांकन बिरेन्द्र भाट र सम्पादन सन्दिप घिमिरेले गरेका छन् । गीतलाई संगीत संयोजन बिष्णु तामाङ्गले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्