भयो प्रभात बचतको साधारण सभा


 

बनेपा, प्रभात बचत तथा ऋण सहकारी संस्था लि.बनेपा—७, काभ्रेको १२ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारी विभागको निर्देशन अनुसार स्वास्थ्य सुरक्षा अपनाई साधारण सभा गरिएको अध्यक्ष सागर कपालीले जानकारी दिए । कपालीका अनुसार संस्थाको संचालक समितिले निर्णय गरी सदस्यताका आधारमा फरक फरक दिनमा सदस्यको उपस्थिती गराई साधारण सभा सम्पन्न गरिएको हो ।
साधारण सभाबाट आ.व.२०७६÷०७७ साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि चयन, सचिवको बार्षिक प्रगति प्रतिवेदन छलफल र अनुमोदन, कोषाध्यक्षको बार्षिक प्रगति प्रतिवेदनमाथि छलफल र अनुमोदन, लेखा सुपरिवेक्षण समितिको बार्षिक प्रतिवेदन छलफल र अनुमोदन, लेखापरिक्षण प्रतिवेदन छलफल र अनुमोदन, आ.व. २०७७।०७८ को अनुमानित बजेट तथा वार्षिक कार्ययोजना अनुमोदन र ०७७।०७८ को लागि लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्