ज्योतिको ‘यो कस्तो माया’ मा ध्रुब, निरु र आस्थाको अभिनय, मेलिनाको स्वर


गीतकार ज्योति गुरुङको शब्द रहेको ‘यो कस्तो माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लामो समयदेखि बेलायतमा नै बस्दै आएकी गीतकार गुरुङले आगामी दिनमा गीत तथा साहित्य शृजनामा निरन्तरता दिने बताउँदै यो कस्तो माया सार्वजनिक गरेसँगै आँफु अझै साहित्य शृजनामा लाग्न हौसिएको बताएकी छिन् ।

गुरुङको आफ्नै च्यानल जेजी क्रियशनबाट सार्वजनिक भिडियोले प्रेम वियोगको कथालाई मर्म स्पर्शी ढंगले प्रस्तुत गरेको छ । जसमा लोकप्रिय गायिका मेलिना राइको स्वर रहेको छ । अर्जुन सुनमको संगीत गीतमा एरेन्ज बिबी अनुरागीको रहेको छ । निर्देशक कुशल श्रेष्ठले प्रेम र वेदनालाई भिडियोमा कलात्मक ढंगले देखाएका छन् ।

जसमा एउटी नारी आर्दश प्रेमको विश्वासमा परेर पुरुषबाट पाएको धोकालाई जिवन्त शैलीमा देखाइएको छ । भिडियोमा अभिनेता ध्रुब दत्त, निरु कोइराला र आस्था जोशी बटाजुको अभिनय रहेको छ । बेलायतमा नै छायांकन गरिएको भिडियोको छायांकन, सम्पादन पनि निर्देशक श्रेष्ठकै हो । https://www.youtube.com/watch?time_continue=1&v=d7vvpc5tK_M&feature=emb_logo

प्रतिक्रिया दिनुहोस्