थप ११५४ जनामा कोरोना संक्रमण


काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ५४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ३३ जनामा गरिएको पीसीआर परीक्षणमा ११ सय ३४ जना संक्रमित भेटिएका हुन् ।
कोरोना भाइरस संक्रमण निको भई १ हजार ५ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ६५ हजार २७६ पुगेको छ ।नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्