काभ्रेमा आज थपिए ११ जना संक्रमित


 

धुलिखेल, काभ्रेमा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाका १ जना पुरुष, धुलिखेल नगरपालिकाका १ जना पुरुष र ३ जना महिला, नमोबुद्ध नगरपालिकाका १ जना पुरुष, पाँचखाल नगरपालिकाका २ जना पुरुष र भुम्लु गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिए ।
योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ सय ६९ पुगेको छ । संक्रमितमध्ये ३ सय १२ जना उपचारपछि निको भई घर फर्किएका छन् । जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्