योग प्रेमी परिवार नेपाल केन्द्रको कार्यालय उद्घाटन


काठमाडौं, योग प्रेमी परिवार नेपाल केन्द्रको कार्यालय उद्घाटन भएको छ । योग प्रेमी परिवार नेपालको केन्द्रिय कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराईले वडा नं १० ले “घर घरमा योग” अभियान संचालन गरिने बताए ।

अध्यक्ष भट्टराईले वडाले यसका लागि बजेट व्यवस्थापन गरिसकेको जानकारी दिदै वडामा क्रियाशिल सबै योग संग सम्बन्धित संस्थाहरुको सहकार्यमा घर घरमा योग सचेतना बढाउने तयारी गरिएको बताए ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा योग साधना सिविर संचालन गर्दै आएको योग प्रेमी परिवार नेपालका केन्द्रिय अध्यक्ष खेटराज मैनालीको अध्यक्षता गरेको कार्यक्रममा बागमती प्रदेश काठमाडौं ४ का प्रदेश सभा सदस्य कुसुम कुमार कार्की प्रमुख अतिथि, बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराई विशेष अतिथि, सो संस्थाका सल्लाहकार डा. हरिप्रसाद पोखरेल मानसाग्नी, योग प्रशिक्षक भानुभक्त दहाल, समाजसेवी रवि प्रसाद पौडेल, हेमा अधिकारी, खडानन्द लुइँटेल, नारायण प्रसाद पौडेल, हिमालयन प्राकृतिक चिकित्सालयका डा.यञ्जन गैरै लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम संस्थाका महासचिव भिम आचार्यले संचालन गरेका थिए भने उपाध्यक्ष उद्दव दाहालले उपस्थित अतिथिलाई स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा योगको स्टुडियो र कार्यालय सञ्चालनका लागि उक्त सँस्थाका अध्यक्षले आफ्नो निवासको दुई कोठा सँस्थालाई निःशूल्क उपलब्ध गराएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्