काभ्रे भुम्लुका एकजना पुरुषमा कोरोना संक्रमण


बनेपा – काभ्रेको भुम्लु गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पालिकाको वडा नम्बर ८ का ३२ बर्षीया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जानकारी दिएको छ ।

संक्रमित ती पुरुषलाई धुलिखेल अस्पताल ल्याउने तयारी भइरहेको छ । संक्रमित पुरुष साउदीबाट आइपुग्नुभएको हो । साउन ३ गतेदेखि पालिकाको क्वारेन्टाइनमा बस्दै आइरहनुभएको थियो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्