तेक्वांडो प्रतियोगितामा काभ्रे तेक्वांडोका शशांक च्याम्पियन


दोस्रो रोल्पा खुल्ला जुनियर भर्चुअल राष्ट्रिय तेकवांडो (आईटिएफ) प्याट्रन च्याम्पियन शिपमा काभ्रे तेकवांडो (आईटिएफ) एकेडेमिका शशांक नापित च्याम्पियन भएका छन् ।
प्रदेश नं ५ पाल्पाका निरज थापा दोस्रो स्थानमा सिमित भए भने गण्डकी प्रदेश बागलु∙का अनिल थापा तेस्रो भएका छन् । पाच पक्ष राखिएको प्याट्रन निर्धारणमा कुल ४ स्कोर रहेको थियो जसमा शशांक नपितले २९ अंकप्राप्त गर्दै राष्ट्रिय च्याम्पियन भएका हुन ।
त्यस्तै गरी निरज थापाले २६.५ अंक प्राप्त गर्दै दोस्रो र अनिल थापाले २४ अंक प्राप्त गरेर तेस्रो स्थान हासील गरेका हुन नेपाल अन्तर राष्ट्रिय तेक्वांडो महासंघका रेफ्रि प्रमुख प्रविण कुमार कार्कीको नेतृत्वमा सात सदसिय राष्ट्रिय र अन्तराष्ट्रिय रेफ्रिहरुले महसंघ र जिल्ला संघको सहकार्यमा अ‍ेलाडिले पठाएको भिडियोको मूल्याङकन गरी भिडियो कन्फेरेन्स मार्फत नतिजा सार्वजनिक गरेको प्रतियोगिता संयोजक तथा रोल्पा (आईटिएफ) संघका अध्यक्ष बिक्रम बुढामगरले जानकारी दिएका छन । प्रतियोगिता देश भरिबाट १७६ जना खेलाडिहरुले प्रतिस्पर्धा गरेका थिए । च्याम्पियनशिपमा राष्ट्रिय च्याम्पियन भएका शशांक नापितले नगद ५०००, दोस्रो भएका निरज थापाले ३५०० र तेस्रो भएका अनिल थापाले २५०० नगद रुपैया सहित प्रमाणपत्र प्राप्त गरेको काभ्रे तेक्वांडो (आईटिएफ) एकेडेमिका प्रमुख राज मन्दिर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्