लोकदोहोरी गित बिधामा मोडल पुरुष नृत्य बाट सबिन गौतमले अवार्ड हात पार्न सफल


 

१९ ,  चैत / काभ्रेपलान्चोक –  बनेपा २०७५ साल १७ गतेका दिनमा आयोजना भएको नाट्यस्वर म्युजिक अवार्ड २०७५ नाट्यस्वर हामी सबै कलकारहरुको शान , कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान , भन्ने मुल नाराका साथ आयोजना गरिएको नाट्यस्वर म्युजिक अवार्ड २०७५ को लोकदोहोरी गित पिपल पाते ओठ बाट सर्बोउत्कृस्ट मोडल नृत्यमा मोडल सबिनले उपाधि हात पारेका छ्न ।

नाट्यस्वर म्युजिक अवार्ड २०७५ मा आयोजकले सबिन गौतम लाई सर्बोउत्कृष्ट लोकदोहोरी नृत्य मोडल पुरुषको उपाधी अवार्ड हस्तान्तरण गरिएको थियो । महेश नेपालको शब्द रचना प्रकाश पुरीको लयमा रहेको गित भने मीठो स्वरमा सबिन प्रसाद चौलागाईंको पहिलो प्रस्थुती लाई मिठो स्वर कि धनी गिता देबिले साथ दिनु भएको थियो ।जुन, पिपल पाते ओठ ,गित लाई भिडियोमा अवार्ड उपाधी सबिन गौतमको र पृयंका श्रेष्ठको नृत्य दर्शकहरु माझ मिलन फिल्म्स बाट आएको थियो । गित लाई भागिरथा गाहाले निर्देशन गर्नु भएको छ साथै सबिन गौतमले पिपल पाते ओठ , गित बाट उपाधी पाएका छ्न ।

अवार्ड हात परे संगै गौतमले जीवनमा केही फरक किसिमको काम गर्ने सोच बनाउनु भयको बताउनु भयो धेरै संघर्स पछिको फल प्राप्त गरेको र अझै पनि गित संगीत क्षेत्रमा कलाकारिता र बिकाशको लागि थप जिम्मेवारी महसुस भयको गौतमले बताउनु भयको छ । उक्त अवार्ड समारोहमा तामाङ सेलो , मेहेन्दोमाया ,लोकदोहोरी , आधुनिक र पप बिधामा कलाकार हरु लाई अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्