अशोकबुद्धको जन्मदिन वृद्धआश्रममा


विगत केही वर्षदेखी पत्रकारितामा सक्रिय अशोक बुद्ध लामाले पनौतीमा रहेको माइती बृद्धआश्राममा वृद्ध आमाबुबाको साथमा केक काटेर आफ्नो जन्म दिन मनाएका छन ।
लामाले आश्रममा आवश्यक भाँडाकुँडाहरु २५ थान क्रमशः थाल कचौरा, गिलास चम्चा, जग ४ वटा र डसविन आश्रममा उपलब्ध गराएका छन् साथै नगद ५ हजार पनि सहयोग गरेका छन् जन्मदिन कार्यक्रममा बोल्दै उनले आफु रोशी गाउँपालिका अध्यक्ष डि बी लामाबाट प्रेरित भएको र नेपालमा ३ करोड जनसंख्या रहेकोमा १ करोडले मात्रै आफ्नो जन्मदिन वृद्धआश्रम, बालआश्रम, अपांगता भएको व्यक्ति र सडकमा रहेको व्यक्तिको साथमा मनाएमा कोहौ पनि भौकै रहनु नपर्ने बताउदै अरुको लागि बाँच्नु नै मानव र जिन्दगी रहेको बताए । पछिल्लोपटक लामा प्रत्येक व्यक्ति सुरक्षित बनाउ भन्ने अभियानमा सक्रिय रहेका छन । सिटिजन लाइफ इन्स्योरेन्सका एजेन्सी मेनेजर समेत रहेका लामाले धेरैको जीवन सुरक्षित बनाएका छन ।

प्रतिक्रिया दिनुहोस्