अबको रोजगारी के ?-रोशन हुमागाई


कोरोनाको महामारीले विश्व त्रसित (आक्रान्त) छ । विश्वका जुनै पनि मुलुकमा सुरक्षाको गुन्जायस छैन । यस्तो महामारीको बेला हरेक मुलुकले आफ्ना नागरीकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नु सामान्यनै हो । कतिपय देशले त आफ्नो नागरीकलाई विदेशबाट लैजान सम्बन्धित देशलाई यथाशीघ्र आग्रह समेत गरिसकेका छन र अर्काे तर्फ हेर्ने हो भने हरेक देशका नागरिक स्वदेश फर्कन हतारिएका छन् । यस्तो दुखको घडिमा संकट पर्नु स्वभाविक नै हो । आर्थिक रुपमा रेमिट्यान्सको भरमा चलिरहेको हाम्रो देश अहिले निकै प्रभावित परिरहेको छ । यति बेला आफ्नो देश छोडि केहि कारणवस विदेशीएका नेपाली अहिले सरकारको मुख हेर्न बाहेक अरु केही गर्न सकेका छैनन् ।
नेपाल सरकारले पनि विदेसीएका नेपाली स्वदेश भित्राउन पहल गरिरहेको छ । सरकारले लाखौको संख्यामा नागरीकलाई स्वदेश भित्राउने पहल गरीरहको भएतापनि अहिलेसम्म अत्यन्त न्यून संख्यामा नागरीक नेपाल ल्याएको छ । परिस्थिति जस्तो भएतापनि आफ्नो देश फर्कन पाउनु हरेक नागरिकको नैसर्गीक अधिकार हो भने ति नागरीकलाई सहज रुपमा स्वदेश फकाउनु हरेक सरकारको कर्तव्य पनि हो ।
कोरोनाको महामारीले विश्व अर्थतन्त्रमानै अहिले ठुलो असर परिरहेको छ । विश्व अर्थतन्त्र नै करिब १५० वर्ष यता कै भयानक संकटमा गुज्रीनु पर्ने अनुमान गरिएको छ । यस्तो अबस्थामा नेपालले भोग्नु पर्ने समस्या पनी सजिलै अनुमान गर्न सकिन्छ । अहिले विश्वभरि छरिएका नेपालीलाई ल्याउन जति समस्या छ त्यो भन्दा बढि तिनिहरुलाई स्वदेशमा व्यवस्थापन गर्न हुनेछ । लाखौ नेपालीलाई स्वदेश ल्याएर मात्र सरकारको जिम्मेवारी पुुरा हुदैन । ती आएका लाखौ संख्याको वेरोजगार हुने नागरिकको व्यवस्थापन गरेर तिनलाई रोजगारी दिन सके मात्र सरकारको जिम्वेवारी पुरा हुनेछ । लाखौको संख्यामा विदेशवाट भित्रने नेपाली अब खाली हात स्वदेश फर्कने छैनन अब आफुमा केहि सिप र क्षमताका साथ स्वदेश आउनेछन । तर ति लाखौं नागरिकमा भएको सिप र क्षमतालार्ई स्वदेशमा भएका स्रोत र साधनको उचित प्रयोग गराएर स्वदेशमै नागरिकलाई रोजगारि दिनु सरकारले मुख्य भुमिका खेल्नुपर्नेछ । परिस्थिति जस्तोसुकै भएतापनि सरकारले विदेशवाट आएका नागरिकको सिपको उचित कदर गर्दै नयाँ रोजगारीको सिर्जना गर्नु आवश्यक छ ।
नेपाल विश्वकै एक उच्च कृषि प्रधान देश भनेर चिनिन्छ पनी कृषिमुखी काम भने अहिले सोचेजति हुन सकेको छैन । अव आउने दिन राम्रो बनाउने र आर्थिक स्थिति उच्च बनाउने हो भने कृषि क्षेत्रलाई नै सरकारले जोड दिनुपर्नेछ । नेपालको अर्थतन्त्र बढाउन कृषि नै सबैभन्दा उच्च सम्भावना हो । हालै प्रकाशित प्रतिवेदन अनुसार जम्मा नेपालको २७.६ प्रतिशत मात्र कृषिमा योगदान देखिएको छ भने बाकी ७२.४ प्रतिशत कृषि भन्दा बाहेक क्षेत्र अर्थात गैरकृषिमा देखिएको छ । नेपाल कृषिमा अझ धेरै सम्वाभना बोकेको देश हो । बिदेशवाट फर्किएका नेपालीको आफ्नो सिप त छदै छ तर व्यवसायमुखि रोजगार उपलव्ध गराउने हो भने सरकारले कृषि आधुनिकिकरणमा जोड दिनुपर्छ । कुनै समय नेपालले विश्वका धेरै देशहरुमा कृषि सामग्री निर्यात गर्दथ्यो भने अहिले कृषि सामग्री विदेशवाट निर्यात गरिरहेको छ । अमेरीकाका ५ प्रतिशत कृषकले यहाँका ९५ प्रतिशत नागरिकलाई कृषि सामग्री उपलव्ध गराईरहेका छन तर नेपालका करिब ८० प्रतिशत कृषकले २० प्रतिशत नागरिकलाई पनि कृषि सामग्री उपलव्ध गराउन धौ धौ परिरहेको छ । यसको मुख्य समस्या भनेको कृषि क्षेत्रमा गुणस्तर प्रविधि नहुनु हो । अबका आउने दिनहरुमा सरकारले कृषि क्षेत्रलाई जोड दिने हो भने गुणस्तर प्रविधिका यन्त्रहरु स्वदेश भित्राउनु पर्नेछ, जसका कारण कृषकको काम सहज हुनेछ । नेपालका तीन भाग हिमाल, पहाड र तराईमा भिन्न निन्न कृषि सामग्री उत्पादन हुने गर्दछ तर त्यहाँ उत्पादित सामग्रीको उचित व्यवस्थापन नहुनाले कृषि क्षेत्र फलदाही हुन पाएको छैन् । यी ति भागका वातावरणीय अनुकुलता अध्ययन गरी वैज्ञानिकताका आधारमा जहाँ जे उत्पादन हुन्छ त्यही अनुसारको स्रोतलाई सिप र क्षमता परिचालन गर्ने हो भने रोजगारीको सृजना मात्र होईन देशको आर्थिक अवस्थामा समेत ठूलो टेवा पुग्नेछ ।
कोरोना चुनौतीको विषय त छैदैै छ, तर नेपाल जस्तो देशको लागी यो एक ठूलो अवसर पनि हो । विदेशमा रहेका हरेक नेपालीको सिप र क्षमताको परिचालन गरेर नेपालमै कृषि क्षेत्रमा आधुनिकिकरण गर्ने हो भने हाम्रा लागी यो ठूलो अवसर हुनेछ । यस विषयमा तिन तहका सरकारले गम्भिर ध्यान आकर्षण गरी नेपालीको शिप र क्षमताको उचित कदर गर्दै कृषिलाई आधुनिकरण गर्दै अगि बढ्ने हो भने हरेक नेपालीको जीवनस्तर त अगाडी बढछ नै, त्यती मात्र होईन देशको अर्थतन्त्र पनि उकासिनेछ । तीनै तहका सरकारको बेलैमा ध्यान पुगोस ।
लेखक–के एस एल प्रथम वर्षका बिद्यार्थी हुन । –नव क्षितिज साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्