धान दिवस, असार १५, कोरोनाको प्रभाव र हाम्रो चलनमा निरन्तरता


 

नेपालमा असार १५ लाई महत्वपूर्ण दिनको रुपमा लिइने गरिन्छ । यो दिन परापुर्वकालदेखि नै दहि चिउरा खाने र मानो रोपेर मुरी फलाउने दिनको सुरुवाती दिनको रुपमा लिईन्छ । यस दिनलाई विगत सन् २००४ देखि धान दिवसको रुपमा पनि मनाउने गरिएको छ । यस वर्ष भने विश्व नै कोरोना भाइरसका कारण आक्रान्त भएकोछ । नेपालमा पनि कोरोनाका कारण विगत चैत्र ११ गतेबाट लकडाउन भई सबै कुरा आजसम्म पनि ठप्प छन् र अझ कहिलेसम्म यो अवश्था रहने हो थाहा छैन् । गत वर्ष “धान उत्पादनमा वृद्घि, राष्ट्रको समृद्घि” भन्ने नारा थियो भने यस वर्ष “धान उत्पादनमा वृद्धि – आत्मनिर्भरता र समृद्धि“ भन्ने मूल नाराका साथ विविध कार्यक्रम गरि १७औं राष्ट्रियय धान दिवस मनाउने कार्यक्रम रहेकोछ । यस वर्ष कोरोनाका कारण अधिकाशं मानिस गाउँमा फर्केका र वर्षा राम्रो भएका कारण धान राम्रो फल्ने संकेत मान्न सकिन्छ । सन् २००४ मा संयुक्त राष्ट्रिय संघले अन्तराष्ट्रिय धान दिवस मनाउने प्रस्ताव पारित गरेपछि विश्वभर धान दिवस मनाउने प्रचलन चलेको हो । यहि चलनलाई नेपालमा पनि निरन्तर दिइदै आइएको छ । यस्ता किसिमका दिवसले सम्बन्धित विषयमा जानकारी हुनुका साथै अन्य खोज मुलक काम हुन्छन् र आम मानिसलाई पनि जानकारी हुन पुगि फाइदा पग्न जान्छ । यसलाई यसरी नै हामीले समय अनुसार परिर्वतन गरि भावि सन्ततीलाई जानकारी गराउँदै लैजानु पर्छ ।

नेपाली संस्कृति अनुसार असार १५ मा दहि चिउरा खाने प्रचलन छ । यो दिन अधिकांश नेपालीले दहि चिउरा खान्छन् । दहिको महत्व धेरै छ । यो दिन अरु दिनको तुलनामा तेब्बर दहि खपत हुन्छ र यसका लागि डेरी व्वसायीहरुले एक हप्तादेखि दहिको जोहो गरेर राख्दछन् । यस वर्ष भने धेरै मानिसहरु कोरोना भाइरसका कारण शहरबाट गाउँ गएकाले दहिको खपत कम हुने देखिन्छ । ञघि पछि कहिल्यै दहि नखानेले पनि यस दिन दहि खाने चलन छ । दहि नपाइएला भनेर मानिसहरु अघिल्लै दिनदेखि खरिद गरेर राख्ने गर्दछन् । यस दिन बेलुकीपख डेरीहरुमा प्राय दहि नपुग हुन्छ । यस दिन मानिसहरु दहि चिउरामा केरा र आँप पनि मिसाएर खाने गर्दछन् । यस दिन गाउँ गाउँमा पनि सबैले घर घरमा दहि जमाएर राख्ने र शहरी क्षेत्रमा पनि अघिल्लो दिन नै दुध किनेर दहि आफैं जमाएर दहि चिउरा खाने चलन पनि उत्तिकै छ । गत वर्ष यस दिन राष्ट्रिय स्तरका कार्यक्रमहरु प्नि हुने गर्दथ्यो । यसरी गरिने कार्यक्रमले यसको महत्व बढाउने गर्दछ । पोखरामा प्रत्येक वर्ष पर्यटकका लागि रोपाइं महोत्सव भनेर विगत धेरै वर्षदेखि मनाउँदै आइरहिएको थियो । तर यस वर्ष भने कोरोनाका कारण हुन सकेन । त्यसरी गरिने गतिविधिले गर्दा आन्तरिक र बाह्य पर्यटकहरुको संख्या पनि बढ्ने गरेको थियो । आजभोलि विद्यालयका विद्याथीहरुलाई पनि दहि चिउरा खुवाउने र रोपाईंमा सहभागी गराउने गरिन्छ । यो राम्रो पक्ष हो । पहिले पहिले बाजा बजाएर नाचगान गर्दै रोपाईं गर्ने चलन थियो । त्यस्तो चलनलाई बेठि लगाउने भनिन्थ्यो । त्यस्तो चलन धेरै खेती हुने जमिन्दारहरुकोमा हुने गर्दथ्यो । तर यसले आजभोलि भने निरन्तरता पाउन सकेको छैन । यसरी यस्ता चलन हामीले छोड्दै जाने हो भने यो लोप हुँदै जान्छ र भावि सन्ततीले यसको बारेमा बुझ्ने मौका नै पाउँदैनन् । यसलाई देखावटी मात्र नभई उपलब्धि मुलक बनाउनु पर्दछ । त्यसैले हाम्रो कृषि प्रधान देशमा यस्ता कार्यक्रमको महत्व धेरै छ । यस्ता सबै किसिमका दिवसमा विभिन्न कार्यक्रमहरु गर्ने गरिहँदा आम मानिसले यसको महत्व बुझ्ने मौका पाउने छन् ।
कोरोना भाइरस (कोभिड १९) रोग विश्वव्यापी महामारीको रुपमा फैलिएको तथा नेपालमा पनि यस महामारीको प्रकोप बढ्दै गएको छ । कोभिड १९ रोगको जोखिम बढ्दा कृषि सम्बन्धी गतिविधीहरु आवश्यक सतर्कता अपनाई नियमित गर्न सरकारले सत्रौं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव,२०७७ संचालनका लागि प्रोटोकल २०७७ तयार पारी यस पटकको असार १५ एंव १७ औ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउने सन्दर्भमा कोभिड १९ रोगको संक्रमणबाट बच्न अपनाउनु पर्ने सावधानीका उपायसहित देहाय बमोजिमको प्रोटोकल तयार गरिएको छ ।
१. नेपाल सरकारको निर्णय बमोजिम बढीमा २५ जनासम्म मात्र भेला भएर १७ औ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउने । यदि २५ जना भन्दा बढी भएमा न्यूनतम सामाजिक दुरी (६ फिट) कायम हुने गरी स(साना उपसमूहमा रहेर रोपाई महोत्सव मनाउने ।
२. कार्यक्रम स्थलमा उपयोग हुने फर्निचर तथा अन्य सामग्री निसंक्रमण गर्ने तथा सो को व्यवस्थापन गर्दा कम्तिमा ६ फिटको दूरी कायम राख्ने ।
३. प्रदेश तथा स्थानीय स्तरमा १७ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाउदा यथासक्य संयुक्त आयोजनामा सरकारी फार्म केन्द्रमा मनाउने ।
४. रोपाई महोत्सव प्रवेश स्थलमा संभव भएसम्म एचभकअचभभल त्भकत – तापक्रम तथा लक्षण पहिचानको व्यवस्था गर्ने । परीक्षण गर्दा शंका लागेमा (१००.४ भन्दा बढी ज्वरो) देखिएमा प्रवेशमा रोक लगाउने ।
५. रोपाईं महोत्सव प्रवेश स्थलमा सावुन पानीले हात धुने व्यवस्था, गुणस्तरीय स्यानिटाइजर र मास्क अनिवार्य प्रयोग गर्ने व्यवस्था मिलाउने ।
६. रोपाईं गर्दा खेतमा व्यक्तिहरुबीच पर्याप्त सामाजिक दुरी (कम्तिमा ६ फिट) कायम गर्न ससाना क्षेत्र निर्धारण गरी रोपाईं गर्ने ।
७. रोपाईं महोत्सव गर्दा अन्य सांस्कृतिक, परम्परागत तथा मनोरन्जनात्मक ( हिलो छ्याप्ने आदि ) गतिविधि नगर्ने ।
८. रोपाईं गर्दा, खाजा वा चिया खाने बेला, आवत जावत गर्दा कम्तिमा ६ फिटको दूरी कायम राख्ने, व्यक्तिगत सुरक्षार्थ मास्क लगाउने ।
९. रोपाईं महोत्सवमा खाजा व्यवस्थापनमा सुरक्षात्मक उपायहरुको अवलम्बन गर्ने र संभव भएसम्म सामूहिक खाजालाई निरुत्साहित गर्ने ।
१०. रोपाईं महोत्सवमा संभव भएसम्म कम श्रम लाग्ने प्रविधि तथा मेशिनहरूको प्रयोग गर्ने, थोरै मानिसहरू संलग्न हुने । कृषि मेसिनरीहरुको प्रयोग अगाडि र पछि साबुन पानीले हात धुने तथा निसंक्रमणमा पर्याप्त ध्यान दिने ।
११. रोपाईं हुने क्षेत्रमा रोपाई पश्चात सावुन पानीले हात धुने व्यवस्था एवं गुणस्तरीय स्यानिटाइजरको व्यवस्था मिलाउने। हाम्रो देशमा धानको तथ्यांक निम्नानुसार पाईन्छ ।
– आ.व. २०७३÷०७४ मा धान उत्पादन ५२ लाख ३० हजार मेट्रिक टन
– आ.व. २०७४÷०७५ मा धान उत्पादन ५१ लाख ५१ हजार मेट्रिक टन
– गत साल अहिलेसम्मकै उच्च ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भयो भने यो साल गत सालको तुलनामा १ प्रतिशत कम ५५ लाख ५० हजार मेट्रिक टन उत्पान भयो ।
– नेपालको कुल जनसंख्यालाई पुग्न वार्षिक ३९ लाख ९९ हजार ६२२ मेट्रिक टन चामल आवश्यक पर्छ । सरकारले ५ वर्ष भित्र कृषि उत्पादनलाई दोब्बर बनाउने लक्ष्य गत वर्ष लिएको थियो ।
– गत वर्ष धान उत्पादन वृृहत कार्यक्रम १५ जिल्लामा थियो ।
– गत वर्ष झापा जिल्लालाई धानको सुपर जोनको घोषणा गरिएको थियो ।
– गत वर्ष धानको उत्पादन प्रति हेक्टर ३.१ मेट्रिक टनबाट वृद्घि गरि ४ मेट्रिक टन पु¥याउने लक्ष्य थियो ।
– कुल ग्राहस्थ उत्पादनमा २०५ योगदान धानको छ ।
– गत वर्ष चैते धानको उत्पादन ७५ मात्र थियो ।
– नेपालमा समुद्र सतहबाट ६० मिटरदेखि ३०५० मिटर सम्मको उचाईमा धान खेती हुन्छ ।
– कुल ११८ जातका धान नेपालमा पाईन्छ ।
– उत्पादकत्वको हिसावले बागमती प्रदेश सबैभन्दा उच्च हो भने कर्णाली प्रदेश न्युन हो । (तथ्यांक संकलन गोरखापत्रबाटर अन्य विभिन्न माध्यम )
हामीले धान दिवस कतिपल्ट मनाइयो भन्ने कुरा ठुलो वा महत्वपूर्ण नहुन सक्छ । तर उपलब्धि के पाइयो भन्ने कुराले ठूलो महत्व राख्दछ । अहिले हामी हाम्रो देशमा यत्रो ठूलो सम्भावना बोकेको क्षेत्रमा पनि आयात गरिरहेका छौं । यो दुःखत कुरा हो । अब यस्ता दिवस मनाउनका लागि मात्र मनाउने नभएर परीणाममुखी हुनुप¥यो । दैनिक सयौं युवा विदेशीने अनि हामी देखावटी यस्ता कार्यक्रम गरिरहने हुँदा यसको कुनै अर्थ रहन्न । अब विदेशिएका युवालाई स्वदेशमा कसरी आकर्षीत गर्ने र विदेश जान कसरी रोक्ने भन्ने कुरातिर हामी लाग्न आवश्यक छ । अर्को कुरा करीव ८० प्रतिशत आत्मनिर्भर भएको दुग्ध क्षेत्रदेखि उत्पादनको पहिलो स्थानमा रहेको धान एंव अन्य धेरै स्वदेशी उत्पादनले धानीसकेको वा धान्न सक्ने भयता पनि हामी कसरी आधुनिकतामा जाने र अन्तराष्ट्रिय बजारसंग कसरी प्रतिस्पर्धा गर्ने भन्ने तिर हाम्रो ध्यान जानसकेको छैन । अब हामी त्यस तर्फ लाग्न आवश्यक देन्छि । त्यसैले हामी सबैजना नेपाल कृषि प्रधान देश हो भन्ने जुन नाम छ त्यो नामलाई बचाउन लागौं सबैलाई यस वर्षको असार १५ ले सहि बाटो देखाउने काम गरोस शुभकामना । -प्रल्हाद दाहाल, महा–सचिव
नेपाल डेरी एसोसिएशन –नव क्षितिज साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्