काभ्रेपलान्चोक जिल्लाको रबिओपिमा जन्मनुभएको नायिका तथा मोडल अनु पराजुली आज भोलि निकै ब्यस्त देखिनुहुन्छ । विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीकोले देश नै आक्रान्त भएको अवस्थामा पनि नयाँ नयाँ गित बजारमा ल्याएर आफ्नो दर्शक श्रोताहरु लाई मनोरञ्जन दिदै म्युजिक भिडियोहरु बजारमा ल्याउनु भएको छ । अभिनय क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसक्नु भएकी नायिका अनु काभ्रे जिल्ला कै शानको रुपमा उत्रिनुभएको छ । प्रस्तुत छ नव क्षितिज साप्ताहिकका लागि अरबिन्द्र गौतमले नायिका तथा मोडल अनु पराजुलीसँग गरेको छोटो कुराकानी ।

 

 

० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ? 
विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीका कारण घर तिर नै ब्यस्त छु यस्तो अवस्थामा पनि सम्पुर्ण नेपालीहरु लाई मनोरञ्जन दिने र आत्माबल र विश्वास बढाउने उदेश्यले मेरा केहि म्युजिक भिडियो अहिरहेका छ्न ।

० कमजोर तथा विपन्न वर्गलाई कलाकारले कस्तो सहयोग गर्न सक्छन् ?
एक जना कलाकारले भन्दा पनि कलाकारहरुले सहयोग गर्ने हो । एक थुके सुकि सयौ थुके नदि भने जस्तै सबै कलनकारहरु मिलेर यस्तो अवस्थामा एक जुट हुने हो भने कमजोर आय स्रोत भएकोलाई केही राहत दिन सकिन्छ ।

० अहिलेसम्म कति वटा म्युजिक भिडियोमा खेल्नु भयो ?
मैले खासै गन्ती त गरेको छैन झण्डै एक सय भन्दा माथी म्युजिक भिडियोमा अभिनय गरेको छु र केहि फिल्म पनि छ्न ।

० तपाईंले चलचित्रमा खेल्नु भएको छ ? कति वटा चलचित्रमा खेल्नु भएको छ ?
खेलेको छु । सुरुमा नै म कलाकारिता क्षेत्रमा फिल्म बाट सुरु गरेको हु । पहिला नै मैले फिल्ममा अभिनय गर्ने मौका पाएको थिए पछि बिस्तारै म्युजिक भिडियोमा पनि अभिनय गरे ।

० कलाकारिता क्षेत्र बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
म यस क्षेत्र बाट एक दम सन्तुष्ट छु किन कि सानै उमेर देखि कलाकार बन्ने चाहाना थियो मैले रोजेको क्षेत्र भएकाले पनि म निकै खुशी छु ।

० ठुलो पर्दामा काम गर्न सजिलो कि सानो पर्दामा ?
काम गर्न कुनै पनि सजिलो हुदैन । हामीले जुन सुकै काम हिम्मत र इमानदारीपूर्वक गर्नु पर्छ सबैकाम सजिलो नै हुन्छ र सजिलो तरीका बाट गर्न सक्नु पर्छ ।

० यस क्षेत्र बाट नै बाँच्न सकिन्छ ?
म यस क्षेत्रमा लाग्न पाउदा निकै खुशी छु । आफुले चाहाना गरेको क्षेत्र सानै उमेर देखिको चाहानाले गर्दा म खुशी छु । र खुशी हुने मान्छे जुन सुकै क्षेत्र बाट पनि बाच्न सक्छ ।

० कसको प्रेरणाबाट यस क्षेत्रमा लाग्नुभयो ?
म आज मेरो दिदिको कारणले नै यहाँ छु । मेरो सानै देखिको चाहाना अनि मेरो दिदिको साथले गर्दा नै म आज कलाकारिता क्षेत्रमा छु भन्नू पर्छ ।

० तपाईंले आफुलाई लायकको केटा हेर्नुपर्ने भयो भने कस्तो टाईपको हेर्नू हुन्छ ?
बिबाहको बारेमा मैले केही सोचेको छैन त्यो सबै पछि भनौला ।

० नायिका तथा मोडलहरुले अहिले पछीले समय अङ्ग प्रदर्सन गरेर चर्चा कमाएका छ्न ? के चर्चामा आउन अङ्ग प्रदर्सन नै गर्नु पर्ने हो ?
आफ्नो अङ्ग प्रदर्सन गरेर चर्चा आउने त्यो भनेको एउटा भ्रम हो । जो सँग राम्रो कला क्षमता हुन्छ त्यो मान्छे एक दिन अबस्य सफल हुन्छ । त्यसैले कला नभएका पैसा लगानी गरेर आउनेहरुले गर्दा आज कला भएका मान्छे पछाडि पर्दै छ्न । त्यसैले कला भएको मानिस एक दिन सफल हुने छ र अङ्ग प्रदर्सन गरेर चर्चा कमाउनु पर्ने छैन । यो गलत हो भन्न चाहान्छु ।

० अन्त्यमा…… ?
तपाईं लगायत तपाईंको मिडिया लाई धेरै धेरै धन्यवाद साथै मेरा सम्पुर्ण दर्शक श्रोताहरु लाई सदैब माया अनि साथ दिनु होला मेरा सबै कामको मुल्यांकन गर्दिनु होला भन्न चाहान्छु ।–नव क्षितिज साप्ताहिकबाट