रुकुममा भएको काण्ड विरुद्ध काभ्रेमा प्रदर्शन र ज्ञापनपत्र


रुकुमको चौरजहारी नगरपालिकामा जेठ १० गते भएको सामुहिक हत्याको विरोधमा काभ्रेजिल्लामा रहेका विभिन्न संघ संगठनहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । सँगै अनेरास्ववियु काभ्रेले घटनाको विरुद्धमा ज्ञापन पत्र बुझाएको छ ।

गम्भिर प्रकारको जातिय विभेद तथा मानव अधिकारको चरम उल्लंघनको घटना प्रति नेपाल उत्पीडित जातिय मुक्ति मुक्ति समाजका अध्यक्ष खड्गबहादुर पुर्काेटी, दलित मुक्ति मोर्चा नेपालका संयोजक बालकृष्ण पुर्काेटी, नेपाल दलित संघका अध्यक्ष उस्पर सुनार, नेपाल दलित मुक्ति मोर्चाका सचिव जीवन मग्रातिले हस्ताक्षर गरेको ज्ञापन पत्र बुझाउन संविधान सभा सदस्य तेजबहादुर मिजार, मुक्ति मोर्चाका केन्द्रिय सदस्य विष्णु मिजार, नेकपा जिल्ला कमिटी सदस्य प्रकाश रोक्का, विष्णु मिजार ‘सागर’, मुक्ति समाजका जिल्ला सचिव तेज नेपाली लगायतको टोली प्रशासन कार्यालय पुगेको थियो । टोलीले यस्ता घटना दोहोरिन नदिन, घटनामा संलग्नलाई तत्काल कारवाही गरी पीडित परिवारलाई न्याय सहितको क्षतिपुर्ति उपलब्ध गराउन र बेपत्ताहरुको खोजी गर्न माग गरिएको छ ।

संगै अनेरास्ववियुको तर्फबाट केन्द्रिय नेताहरु जेनिस लामा, शालिकराम पराजुली, हरिशचन्द्र घिमिरे, जिल्ला अध्यक्ष उपेन्द्र शर्मा, जिल्ला कमिटी सदस्यहरु मुकुन्द लामिछाने, सुमन जैरु, मिलन गौतम लगायतका नेताहरु सहभागि थिए । सहभागिहरुले धुलिखेलको सरस्वती पार्क देखि प्रशासन कार्यालयसम्म दबाबमुलक ¥याली प्रर्दशन गरेका थिए । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले समाजमा यस्ता घटना हुन नदिन राज्यका तर्फबाट पहल गरिने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

अनेरास्ववियु र दलित अधिकारकर्मीहरुले रुकुम हत्या प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै प्रशासनमा बुझाएको ज्ञापन पत्र यस्तो छ ।
 

सम्माननीय प्रधानमन्त्री ज्यू ,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार, काठमाण्डांै ।

मार्फत
श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यू
जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोक ।

विषयः ज्ञापन पत्र

रुकुम जिल्लाको चौरजहारी नगरपालिकामा मिति २०७७ जेठ १० गते भएको अन्तर जातिय विभेदलाई लिएर नवराज वि.क. लगाएतको सामुहिक हत्या भएको छ । उक्त गम्भिर प्रकारको जातिय विभेद तथा मानव अधिकारको चरम उल्लंघनको घटना प्रति काभ्रेमा क्रियाशिल विभिन्न राजनीतिक पार्टीका उत्पीडित जनवर्गिय संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त घट्नाको घोर निन्दा एवं भत्र्सना गर्दर्छाैं साथै काभ्रेको अजित मिजार र लक्ष्मी परियार हत्या काण्डका दोषीलाई उन्मुक्ति दिने काम भएकोले यसप्रकारका पटक–पटक भइरहेको जातीय विभेदसँग सम्बन्धित श्रृंखलाबद्ध घट्नाक्रमले गम्भिर प्रकारका प्रश्नहरु उब्जिएका छन् ।

प्रथमतः यसप्रकारका घट्नाले सामाजिक सद्भावको त कुरै छाडौं, कतै जातिय द्वन्द्व वा गैरसंबैधानिक संघर्ष भड्काउने पृष्ठभूमि तयार त भइरहेको छैन ? भन्ने बिषयमा हामी चिन्तित साथै सचेत छौं ।

उक्त विषयमा समयमा नै सचेत रहन सम्बन्धित सबै जिम्मेवार पक्ष र नेपाल सरकारलाई समेत गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं । साथै चौरजहरी घट्नाको निश्पक्ष छानविन गरि शुन्य सहनशिलताको सिद्धान्तको आधारमा दोषीलाई कानूनी दायरामा ल्याउन, घट्नामा मृत्यु भएका परिवारको लागि उचित क्षतिपूर्तिको व्यवस्था गर्न, बेपत्ताहरुको शिघ्रातिशिघ्र खोजी गर्न र हदैसम्मको कार्वा्हि गर्न जोडदार माग गर्दछौ । अब उप्रान्त यस्तो घट्ना दोहोरिन नदिन तथा देशभरिका दलित समुदायलाई लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायको सच्चा हकदार बनाउन संघीय प्रतिनिधि सभाबाट शक्तिशाली छानविन समिति गठन गरि देशभरिका घट्नाहरुको समग्र अध्ययन गरि तत्कालीन र दीर्घकालीन योजना बनाउन जोडदार माग गर्दछौं ।

यस नरसंहारपूर्ण अत्यन्तै अमानवीय र वर्वर्तापूर्ण मानवता विरोधी हत्याबाट साहदत प्राप्त गर्ने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्