काभ्रेमा फैजी किराको त्रास फैलदै-प्रदिप भण्डारी


काभ्रे, विश्व व्यापि रुपमा चर्की रहेको कोरोना भाइरस (कोभिड–१९) को त्रास फैली रहेको बेला काभ्रेको बिभिन्न स्थानमा भने अमेरीकन फैजी किराको प्रकोप देखा परेको छ । जिल्लाका विभिनन स्थानको मकै खेतीमा देखीएका फैजी किराको प्रकोपका कारण किसानहरुमा चिन्ता छाएको छ ।

भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकै बालीको पात, गुभो तथा बोटनै फौजी किराले खाएर मकै बिरुवा नष्ट गरेको छ । जिल्लाको अधिकंश भगमा मकै खेती बिगतको समय देखी नै हुदै आएको छ । किसानहरुको प्रमुख खाद्यान्न बालीको रुपमा रहेको मकै बालीमा देखा परेको यस प्रकारको प्रकोपका कारण किसान हरुमा हतोसाहित छाएको छ । गत वर्ष काभ्रेको पनौतीमा देखीएकोे फौजी किराले त्यति बेलापनि जिल्लाका विभिन्न स्थानमा पनी मकै बाली नष्ट पारेको थियो । यस वर्ष काभ्रेजिल्ला बहेक अन्य जिल्लामा पनी फैजी किराको प्रकोप देखिा परेको छ । काभ्रेमा पछिल्लो केहि साता यता फेरी फौजी किराको प्रकोप देखिएको किसानहरुको भनाइ छ । किसानहरु भन्छन, अहिले सम्म पनी हामीले फैजी किराको बारेमा सुनेको थिएनौ तर नाम नसुनेको र नदेखेको किराले खेतबारी भरि लगाएको मकै बालीका सबै पात र गुभो खाएपछि कृषकहरुमा हतोसाहित छाएको छ । एक किसान भन्छन, कोरोना भाईरसको कारण हामीमा त्रास फैली रहेको बेलामा हामीले लगाएको बालीमा यस्तो प्रकारको रोग देखा परेको छ ।

कोरोनाको कारण बिहान बेलुका खानलाई धाउ धाउ पर्ने बेलामा हामी किसानले लगाएको बालीमा लगेको रोगले हामी किसानहरु मर्कामा परेको छौं । यस अघि हामीले बालीमा लाग्ने यस्तो रोगको बारेमा सुनेका थिएनौ यस वर्ष हामी किसानहरुले लगाएको मकै खेतीमा फैजी किराले राज गरेको छ । कोरोना भाईरसको कारण हामी किसानले मकैको बिऊ पनी सहजै पाएका थिएनौ । एक प्याकेट मकैको बिऊलाई २३ सय तिरेर किनेर लगाएको थिए । यो रोगको कारण बाली नष्ट भएको छ । स्थानीय सरकारले फैजी किरा रोक थामको लागी बिषदि उपलब्ध गराइ दिए धैरै रहात हुने किसान बताउ छन ।   फोटो-मिलनकुमार गौतम

प्रतिक्रिया दिनुहोस्