मेरो स्मार्ट फोनको कथा–दिपा गुरुङ


लक डाउन या बन्दा बन्दिको ३–४ दिन पछि देखिनै मलाई के गरौ कसो गरौ हुन थालेको थियो । सुरुका ३–४ दिन त यसो नुहाइ धुवाइ सर सफाई मै ब्यस्त भैयो, बन्दा बन्दिको कुनै पनि असर देखा परेन । मेरो मोबाइल मा बिभिन्न किसिमका चर्चित मोबाइल मै खेल्न मिल्ने खेलहरु डाउनलोड हुन थाल्यो । क्यान्डी क्रस र पोट मैले खेल्ने खेलहरु मध्य बढी खेलिने खेल थियो ।
मेरो बिहान ५ बजे उठेर नित्य समय तालिका पनी सरेर कहिले ७ त कहिले ८ पुगि सकेको थियो । उठेर आँखा मिच्दै शुरुमा म पहिला मेरै फोन हेर्थे । कति बज्यो, कस्ले चिया खायो, कस्ले कस्तो खाने कुरा पकायो, कुन कुन नयाँ गीतमा टिक टक बनायो, को कता घुम्न गयो, कस्को जन्म दिन कसरि मनाइयो, नयाँ नयाँ फेसनका लुगा कस्ले धेरै लगाउछ, के के गर्दै छ ? कहाँ जादै छ ? कसका गर गहना के कस्ता छन् ? कस्ले गाडी र मोटर साइकल किन्यो, त्यसलाई कति पर्छ आदि इत्यादी । मोबाइलमा विभिन्न अप्लिकसन डाउन लोड गरेको थिए । youtube मा motivational speech हरु, गीतहरु, music video हरु, खेल हरु, फिल्महरु हेर्थे । मेरो smartphone मेरो साथी, मेरो गुरु, मेरो सूचनाको श्रोत, मेरो मनोरञ्जनको माध्यम, मेरो सुख खुसि वाढ्ने स्थान, दुख ब्यक्त गर्ने चौतारि, मेरो एक्लो पनको साथी, मेरो रिस खन्याउने ढ्वांग, मेरो अभिव्यक्ति पस्कने मन्च, मेरो रचना र शृजना फिजाउने र देखाउने प्लेटफम, मेरो सम्पूर्ण गतिबिधिहरु मन्चन गर्ने रंगमञ्च हो मेरो smart फोन । म आज भोलि जुनसुकै नयाँ किसिमको खाना पकाए पनि youtube मै हेरेर पकाउथे, लुगा किन्न परे पानी youtube मा नै हेर्थे ्र आमा संग बोल्न परोस कि साथी, दाजुभाइ, दिदीबहिनी, नरनाता, इस्टमित्र आफु संग सम्बन्धित् सबै सँग वा अन्य कुनै क्षेत्रका मानिसहरु सँग messanger बाट कुरा गर्थे, फोटो त कति upload गरे गरे । फेसबुक मा upload भएका फोटोहरु, भिडियोहरु, टिक टकहरु, चुटकिलाहरु, जीवन उपयोगी प्रेरक भनाइहरु पनी खुब पढियो र सुनियो ।
बन्दा बन्दिको ४–५ दिन सम्म smartphone खुब हेरियो । अब दिक्क भयो अनी फेसबूकमा पढेको प्रेरक भनाइ यो लकडाउनलाई एउटा अबसरको रुपमा प्रयोग गरौ, परिवारका सदस्यहरु सँग बसेर मिठा मिठा कुराकानी गरौ, बितेका दिनहरु सम्झाउने पुराना घटना, कार्यहरु र अवस्था झल्काउने फोटोहरु गउयिबम गरौ, मिठा मिठा खानेकुराका परिकार बनाउन सिक्नुहोस् र खानुहोस यस्तै यस्तै कुराहरु अनुसरण गर्न थाले किनकि मेरो smartphone मेरो पथ प्रदर्शक बनेको थियो, गुरु बनेको थियो, मेरो अग्रज अनुकरणीय व्यक्ति बनेको थियो, मेरो प्रेरणाको श्रोत बनेको थियो । म जति गर्थे, जे गर्थे यसैबाट प्रभावित र निर्देशित भएर गरेको हुन्थे । यो मेरो शिक्षक, मेरो गाइड थियो । ‘यही भनाइलाई मध्यनजर गर्दै मैले youtube मा विभिन्न किसिमको खाना पकाउने रेसिपिहरु हेरेर खाना बनाउन थाले फलस्वरूप मेरो वजन बढेर ५५ बाट ६२ के जी पुगेछ्र अनि सोचे हैट यसरी हुँदैन अब यो खाना छोडेर पढ्ने लेखने तर्फ लाग्नु पर्ला भन्ने विचार गरि कथा लेखन भनि बसे । कथा लेख्न बसेको एसो दुइ लाइन नलेखी मोबाइल हेर्न मन लाग्छ, एकछिन हेर्छु अनि लेखन सुरु गर्छु भनेर मोबाइल हेर्न थाल्यो फेसबुक, मेसेंज, युटुब, instagrqmm यस्तै हेर्दा हेर्दै २ ,४ घण्टा बिती जान्छ अनि खाजा चिया खाना मन लाग्छ । खाजा चिया खायो अनि लेख्छु भन्यो फेरी एकैछिन आफुले अपलोड गरेकों स्टाटसमा लाइक कमेन्ट कस्ले कति गर्यो भनेर हेर्न मन लाग्छ, तेती नै बेला फेसबुक को वालमा विभिन्न पोस्ट हरु आउछन कसैले टिक टक बनाउछन, कसैले गित, कसैले आफ्ना अभिव्यक्ति राख्छन, राजनैतिक बहस, प्रश्न र छलफल देश बिदेशमा भइ रहेको घटना क्रम आदि इत्यादि हेर्दा हेर्दै खाना पकाउने र खाने बेला भइ हाल्छ । दिनभरिमा जम्मा ४,५ लाइन भन्दा बढी लेखन सकिदैन । मोबाइल हेर्दा भोक तिर्खा, दुख पिडा केहि थाहै नहुने जब केहि गर्छु भनेर लाग्यो अनि सबै सम्झिन थाल्छु । काम सुरु गर्ना साथ् भोक लाग्छ, लुगा धुने, घर बडार्ने, फूलमा पानि हाल्ने, चिया खाने यस्ता अनेकन बिचारले मनमा डेरा जमाउन थाल्छ । यस्तै हुँदा हुँदै लेख्न सुरु गरेको १०, १२ दिन सम्म लेखाइ त २ पेजमा नै सिमित भयो लेख्न भनेर बस्यो मनमा लागेका कुरा लेखौ भन्यो चित्त बुझ्दो शब्दै भेटिन्न, बाक्यमा मिठासै हुन्न अनि लाग्छ आ एकैछिन फेसबुक नै हेर्छु्र जे गर्न खोजे पनि मेरो मन र सोच मेरो स्मार्ट फोन तिरै जान्छ किनकि यो एति स्मार्ट छ कि मेरो ध्यान अरु कतै जानै दिदैन जान्छ त यसैमा भएका एप्लिकेसनमा । सधै यसैले भुलाउछ मलाइ । अब एसो हुँदा हुँदा धेरै दिन बिते लेख्न नसकिने रहेछ भन्ने लाग्यो अनि मनमनै बिचार गरे भएन हो एसरि अब पढ्छु भनि राम्रा राम्रा ग्यान गुनका कुराहरु भएका किताब जम्मा गरि पढ्न सुरु गरे । किताबहरु पढ्दा शब्द भण्डार साथै चेतना र ज्ञानको क्षेत्र बिस्तार हुन्छ अनि लेख्छु भनेर अघि लेखन भनि बस्दा नसकेको मनलाई ढाडस दिदै पढ्न सुरु गरे । तर एक पेज नपढ़दै मोबाइलमा टिनिनी घन्टी बजी हाल्छ, कोइ बेला ट्वांग मेसेज आउछ त कोइ बेला पोट खेल्ने रेकोएस्ट आउछ अनि तेता लाग्यो एसो, खोल्यो , हेर्यो, बोल्यो २ ,४ घण्टा बिती हाल्छ अनि फेरी उइ खाना खाजा तिर मन जान्छ के खाऊ, के खाउ हुन्छ पानि खाउ कि जुस खाउ कि फलफुल खाउ कि चिया पो पिउ कि यसरी दिनको ७५ प्रतिसत समय मेरो फोन लाई नै दिएको छु । म मात्र होइन मेरो परिवारका सबै जना, मेरो साथी भाई मेरो नरनाता इष्ट मित्र सबैले यसै गरेको देख्छु । सबैको अधिकांस समय यसैमा बितीरहेको हुन्छ ।
फेसबुक कै स्टाटसमा निर्देशित भएर मैले एकदिन मेरो परिवारको सदस्यहरु सबैलाई मिटिङ रुममा जम्मा गरे चिया एतै खाउ भनेर दशौ पटक निम्ता गर्दा गर्दा बल्ल भेला त भैयो तर सबैको हातमा स्मार्ट फोन नै थियो । मिठा मिठा कुरा गरौ भनेर मिटिङ रुममा भेला गरेको कोइ बोल्दैनन, सबै जना आ आफ्नै फोनमा बिजी हुन्छन कोइ समाचार हेर्ने कोइ फेसबुक, कोइ टिकटक यही फोनको एप्लिकेसन मै बिजी छन् ल भएन अब आफै कुरा थालौ भनेर कुरा गर्न थाले मेरो आफ्नो स्कुले जीवनका बारेमा । स्कुल मा सरले नदेख्ने गरि सरले पढाउदै गर्दा बेन्च मुनि बाट पास गरेर मकै, नुन खुर्सानी र मलिँदो, काक्रो, अम्बा खाको कुरा एकोहोरो गरि रहेको थिए मलाई कसैले हेरको र सुनेको थिएन जस्तो लागि रहेको थियो एक्कासी मेरो श्रीमान् खित्का छोडेर हास्नु भो अनि मलाई लाग्यो कि ए सुनेको रैछ नी भन्ने सोच मनमा के आको थियो उहाले facebook मा अपलोड भएको स्टाटस देखाउदै भन्न थाल्नु भो हेर त ‘जीबन राम्रै चली राथ्यो कुन चै बजियाले चमेरो खाइदियो र हामि सबैलाई पिजडामा हाली दियो’ भन्ने स्टाटस पो देखाउनु हुन्छ ।
यस्तै एस्तो घटना ता कति छन् र भए म अर्को एउटा घटनाको वृतान्त पनी उल्लेख गर्दै छु । मेरी साहिली बैनी जसको घर यही मेरो नजिकमा नै छ । उसको घर मा एकदिन बिहानै एउटा दुखद खबर सुनाउन भनि गएको थिए तेहा पुग्दा त्यस घरका महिला सदस्य हरु सबै साक्क र सुक्क गरि उराठ लाग्दो अनुहार लगाएर बसेका रहेछन मैले सोचे त्यो हाम्रो आफन्ती बितेको खबर यिनीहरुले सुनि सकेछन क्यार । धेरै बेरको मौनता पछी मैले नै भने बिचरा क्यान्सर भएर बित्नु भएछ उपचार पनी गरेकै हो रे त एति मात्रै के भनेको मेरी साहिली बैनी ले हतार हतार भनि का हुनु स्कुटर लाइ टिपर ले हानेर नी मैले भने’ हँ कस्ले भन्यो नी तलाइ ?’ उसले ल हेर्नु त भन्दै मेरै अगाडी उसको फोनमा आएको videoदेखाउदै भनि बिचरा बचाऊ बचाऊ भनि राको छ । हाम्रो कस्तो सस्कार बचाउनु र सहयोग गर्नु भन्दा पहिला video/ फोटो खिच्नु पर्ने ? उसले रुदै प्रति प्रश्न गरि ? मैले पनी videoहेर्ने साहस गर्न सकिन धेरै बेर सम्म हामि पटक पटक अमिल्दा कुरा गरि रहेका थियौ । फेरी उसैले हिक्क हिक्क गर्दै भनि बिचरा मारी हाल्यो कति राम्रो स्वर थियो सारै राम्रो लोक गित गाउथ्यो । अनि मैले भने छ्यामा ले गित पनी गाउनु हुन्थियो र ? उसले को छ्यामा दिदी भनि? मैले पर घरको माइली छ्यामा क्या भने उनीहरुले त छ्यामा बित्नु भएको त थाहा पाकै रैनछ्र उनीहरु ता लोक गाईका लाइ ट्रकले किचेको video हेररेर पो रोएको रहेछन । नजिकै को घटना थाहा नहुने तर कता कता टाढाको घटना सुनेर हेरर अनावस्यक टाउको दुखाइ गराउने घटना धेरै हुन थालेको छ ।
खै मेरो फोनले कति अपडेट जानकारी गरायो त ? सुन्नैपर्ने आफन्ती परलोक भएको खबर भन्दा एकादेश परको खबर पहिले सुनियो । फोनको प्रयोगले टाढाकाहरुलाई नजिक र नजिकको लाइ टाढा बनाएको त छदै छ । परिवारको सदस्यहरु बीच बातचित र कुराकानी हुँदैन सबै आफ्ना आफ्ना फोन मै झुन्डिरहेका हुन्छन । मुस्किलले दिन भरमा १० देखि २० शब्द बोलिदो हो एक अर्का बिचमा । त्यै पनी खाना खानु पर्ने भएकोले गर्दा नत्र त्यो पनी हुँदैन थियो । प्राय थयलन हरु गेममा पुरुषहरु समाचारमा महिलाहरु र केटीहरु टिकटक सिरियल mगकष्अखष्मभय र केहि गेममै बिजी हुन्छन ।
म सानो छदा मेरो मामा घरको हजुरबा, हजुर आमा कहिले मेरो घर आउनु हुन्छ होला ? म कहिले मामा घर जाने होला भनेर पर्खेर बस्थे । हजुर आमाले आउदो शनिबार म आउदै छु है भनेर हप्ता दश दिन पहिले गाउलेलाई पठाएको समाचारले म लगाएत मेरा परिवारको सम्पूर्ण सदश्यहरुलाई कति हर्षित बनाउथ्यो त्यो अनुभूति म शब्दमा व्यक्त गर्न सक्दिन । मात्र ति दिनहरु सम्झदा अहिले पनी हर्षले मन गद गद हुन्छ, फुरुङ हुन्छ । हजुर आमा हाम्रो घर आइपुग्ने दिन त असाध्यै लामा हुने गर्थे घाम अस्थाउने बेला तिर पर अन्गेरी घारी को डाडानेर गएर हजुर आमा हजुर आमा भनेर बोलाउथ्यौ । नेपथ्यबाट आवाज आउथ्यो–आउदै छु है आउदै छु । आहा त्यो आवाज सुनेर आएको खुशी त्यो आनन्द यो मेरो कmबचत फोनमा बज्ने घन्टी हरु हजारौ गुना भन्दा आनन्दित, खुशियालीपूर्ण, रमाइलो र हर्षित पार्ने थियो म कसरि शब्दले बर्णन गरौ ? त्यो मिठो अनुभूति सम्झेर आज पनी म कतिधेरै रमाउछु । हजुरबा, हजुर आमा ,मामा आउदा पकाउन भनेर सुरैमा राखेको कालो दाल दिनमा दस चोटी हेर्ने र सुम्सुमाउने गर्थेउ । आमा आप , लिची, अम्बा पाक्ने सिजन कहिले हो भनेर दिनहु सोध्ने गरथ्यौ किन कि त्यो बेला हाम्रो घरमा हाम्रो हजुरबा, आमा, फुपू, दिदी मामा, मित बा हरु आउनु हुन्थ्यो । मह काढ्ने बेला र त्रिबेणी मेला लाग्ने बेला हामि मामा घर जान्थ्यौ । मामा घर को हजुर आमा भन्ने गर्नु हुन्थ्यो “तिमीहरु आउछौ कि जस्तो लागेको ३,४ दिन भको थियो आई पुगेउ सधै मलाई येस्तै हुन्छ हिजो त आयेउ कि भनेर पर खत्री गाउ सम्म हेर्न नी गए । त्यो मन ले मन लाइ पठाएको समाचार कति महत्वपुर्ण, भरोसापूर्ण , आशापूर्ण हुने गर्थे त्यो भेटमा भएका कुराहरु कति मिठा अनि अनुसरणिय हुन्थे लाग्छ आज पनी तिनै बेला पढेको पाठले जीबन चलेको छ । आज मेरो कmबचत फोनमा आउने मेसेज खबर फोनमा हुने कुराकानी कुरा कै लागि मात्र गरिएको पो हो कि जस्तो लाग्छ त्यसमा सत्यता कम हुन्छ लागु हुँदैन भरसक फोन मा मेसेनजरमा बोलि रहने मानिसहरु भेट हुँदा कुरै हुँदैन अस्ति के भनिएको थियो बिर्सी सकेको हुन्छ । जब दुइ साथि वा ब्याक्तिको भेट हुन्छ दुवै आफ्नो आफनै mobile चलाउन नै ब्यस्त हुन्छन ।
यो मेरो फोनले मलाइ आफन्त संग टाढा गरायो कि नजिक ? मेरो दैनिकि सरल बनायो को जटिल ? यो मेरो सहयोगी बस्तु कि हानीकारक बस्तु ? यसले मलाई ब्यस्त बनायो कि फ्री ? यो मेरो मित्र कि दुश्मन ? मैले बुझ्न सकेको छैन । यो नहेरी पनी हुँदैन, सकिदैन हाम्रो पुर्खाहरु सक्थे हामी सक्दैनौ एती सम्म कि हेर्दा हेर्दा टाउको दुख्छ, रिंगटा लाग्छ, बिरामी नै परिन्छ, आफ्नो बास्तबिक संसार नै बिर्सन्छ झन् सृजनशीलता त पोलेरै खाइदो रहेछ्र । राम्रा नराम्रा घटना खबरले नदुखेको टाउको दुख्ने रहेछ । पारिवारिक आत्मियता, माया ममता, सामाजिक भावना , समझदारी सबैको समय यसैलाई दिनु पर्दो रहेछ । अब त मलाई लाग्छ यो एक हाते, एक आखे राक्षश मलाई मेरो आफन्तहरु बाट छुट्ट्याएर फकाउदै एकान्तमा लगि मेरो सिकार गर्ने सोचमा छ । यो मलाइ सहयोग र सजिलो पार्ने बहानामा सिकार गर्ने जालो बुन्दैछ । म बुझ्दै छु यो मलाई खान चाहन्छ, मलाई नामेट गर्न चाहन्छ, म माथि राज गर्दैछ । तर पनी अझ पनी हरेक प्रश्नको जबाफ मा यसैमा खोज्छु । लाग्छ येही मेरो कमजोरी हो र प्रस्न गर्छु बिज्ञान ले मलाइ श्राप दियो कि बरदान ?

प्रतिक्रिया दिनुहोस्