कलाकारले सकेको सहयोग गरिरहेका छ्न ; मोडल तथा नायिका वर्षा चौलागाई


काभ्रेपलान्चोक – कोरोना भाइरस कोभिड -१९ को संक्रमण रोकथामका लागि यति बेला नेपाल देश नै अरु विश्वमा गरिएको देशहरुको जस्तै लकडाउन अवस्थामा छ । यस्तो अवस्थामा दैनिक ज्यालादारी काम गर्न मजदुर श्रमिकहरु लाई निकै समस्य परेको बेला देश रहेका कलाकारहरुले आफुले सकेको सहयोग गर्दै आएका छ्न । केही कलाकारले खाद्यान्न सहयोग गरेको पाइन्छ भने कतिपय कलाकारहरुले नगद रुपैया नै सहयोग गरेको पाइन्छ । मोडल तथा कलाकार वर्षा चौलागाई एक सुपरिचित नाम हो ।२३ बर्षमा लागेकी मोडल तथा कलाकार बर्षा चौलागाईले दर्जनौ म्युजिक भिडियो र थुप्रै नेपाली सिनेमाहरुमा अभिनय गरिसकेकी छिन। काभ्रेको कोशिपारिमा घर भएको वर्षा हाल राजधानी बसेर अभिनयको प्रशिक्षण लिदै अभिनयमा जम्दै छिन । उनले अभिनय गरेका केही फिल्म र केही म्युजिक भिडियोले दर्शक श्रोताको राम्रो माया पाएको थियो । प्रस्तुत छ काभ्रेपलान्चोक जिल्ला बाट प्रकाशित नव क्षितिज साप्ताहिकका लागि अरबिन्द्र गौतमले मोडल तथा नायिका वर्षा चौलागाईसँग गरेको छोटो कुराकानी ;

० देश नै लकडाउन अवस्थामा छ समय कसरी बिताउदै हुनुहुन्छ ?
गाउँमा छु । साथीहरु सबै गाउँमा छन् भेट्न पाएको छु । वरपर आफू भन्दा साना साना बालबालिकाहरु पनि छन । उनिहरुले खेलेका खेलहरु हेर्दै आफू पनि त्यहीँ खेलमा रमाउदै छु । बच्चाहरु सँग खेल्दा रमाइलो पनि लाग्छ र टिक टक बनाउछु रमाइलो गरेर नै बिताउँदै छु ।

० यस्तो संकटको घडीमा कलाकारहरुको देश प्रति भुमिका के रहन्छ ?
हो दिन प्रती दिन नेपालमा पनि कोरोना संक्रमितको संख्या बढदै छ यस्तो अवस्थामा कोरनाबाट बाँच्ने उपाय बारे सामाजिक सञ्जालमा वहस छलफल चलाउने ता कि सबैले कोराना भाइरस बाट बाँच्ने उपाय सिकुन् बुझून् भन्ने हो र आर्थिक अवस्था हेरि सबै कलाकारले सकेको दिन दुखीहरु अनि दैनिक ज्यालादारी काम गर्न मजदुरहरु लाई सहयोग गर्नु पर्छ ।

० कलाकारहरुले देश नै यस्तो महामारीको त्रासले आक्रान्त भएको अवस्थमा के कस्तो कार्य गर्दै आएका छन ?
यस्तो अवस्थामा दैनिक ज्यालादारी काम गर्न मजदुर श्रमिकहरु लाई निकै समस्य परेको देखिन्छ । आफ्नो देशमा रहेका कलाकारहरुले आफुले सकेको सहयोग गर्दै आएका छ्न । केही कलाकारले खाद्यान्न सहयोग गरेको पाइन्छ भने कतिपय कलाकारहरुले नगद रुपैया नै सहयोग गरेको पाइन्छ । धेरै कलाकारले यस्तो महामारी बाट कसरी बाच्न सकिन्छ भनेर विभिन्न उपाएहरु बताइरहेका छ्न ।

० अब तपाईंको ब्याक्ती कुरा तिर जाँउ अहिलेसम्म कति वटा म्युजिक भिडियो खेल्नु भयो ?
मैले अहिलेसम्म एक दशक भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेको छु र फिल्ममा पनि अभिनय गरेको छु ।

० तपाईंले चलचित्रमा खेल्नु भएको छ ? कति वटा चलचित्रमा खेल्नु भएको छ ?
खेलेको छु । धेरै खेलेको छैन एउटामा अभिनय गरेको छु केही फिल्म अब खेल्ने छु अब मेरा नयाँ गित र फिल्म धमाधम आउने छ्न ।

० कलाकारिता क्षेत्र बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
कलाकारिता क्षेत्र बाट म धेरै सन्तुष्ट त छैन आफुले सोचे जस्तो अलि अलि सन्तुष्ट छु पछि हेर्दै जाउ के हुन्छ अहिले ठिक ठिकै सन्तुष्ट छु भन्नू पर्छ ।

० ठुलो पर्दामा काम गर्न सजिलो कि सानो पर्दामा ?
काम जुन सुकै पनि गार्‍हो हुन्छ यो त्यो भन्ने हुदैन । तर ठुलो पर्दामा अलि कति गाह्रो हुने जस्तो लाग्छ ।

० यस क्षेत्र बाट नै बाँच्न सकिन्छ ?
यस क्षेत्र बाट बाँच्न लाई अलि गार्‍हो हुन्छ जस्तो लाग्छ तर केही कलाकार बाचिरहेका छन । त्यसैले भन्न सकिदैन ।
० कसको प्रेरणाबाट यस क्षेत्रमा लाग्नुभयो ?
मेरो सानो देखिको रुचि चाहाना नै कलाकार बन्ने थियो । मेरो षंघर्स मेहनत लगनशीलताले गर्दा नै आज म यहाँ सम्म छु भन्नू पर्छ ।

० तपाईंलाई पछि गएर कस्तो नायिका थाहा मोडल बन्न मन छ ?
मलाई सबै दर्शक श्रोताले रुचाउने माया गर्न साथ दिने र सबैको लोकप्रिय बन्न मन छ ।

० तपाईंले माेडलिङ गरेको सबै भन्दा चर्चाको गित कुन हो ?
मैले अभिनय गरेको सबै भन्दा चर्चाको गित गायक राजेश पायल राइको बैगुनी रैछौ मायालु भन्ने गित हो यो गित दर्शक श्रोताले निकै मन पर्याउनु भएको थियो ।

० तपाईंले बिबाह गर्नु भएको छ ?
मैले अहिलेसम्म बिबाह गरेको छैन ।

० तपाईंले आफुलाई लायकको केटा हेर्नुपर्ने भयो भने कस्तो टाईपको हेर्नू हुन्छ ?
मलाई माया गर्न साथ दिने मलाई बुझ्ने र आफ्नो छुट्टै व्यावसाय भएको ।

० नायिका तथा मोडलहरुले अहिले पछीले समय अङ्ग प्रदर्सन गरेर चर्चा कमाएका छ्न ? के चर्चामा आउन अङ्ग प्रदर्सन नै गर्नु पर्ने हो ?
मलाई यो कुरा गलत लाग्छ किनकि चर्चामा आउनको लागि अङ्ग प्रदर्सन नै गर्नु पर्दैन राम्रो कला भएको मान्छे आफै चर्चामा आउँछ । गाउँ समाजमा घटेका घटनालाई अभिनय मार्फत प्रस्तुत गरेर पनि चर्चामा आउन सकिन्छ ।

० अन्तमा ?
तपाईं लगायत तपाईंको मिडिया लाई धेरै धेरै धन्यवाद साथै सम्पुर्ण मेरा दर्शक श्रोताहरु लाई सदैब यसैगरी माया र साथ दिनु होला भन्न चाहान्छु ।

प्रतिक्रिया दिनुहोस्