अन्तर्राष्ट्रिय रेडक्रस दिवसको सन्दर्भमा–राजु सिग्देल

– राजु सिग्देल, पूर्व सदस्य, नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखा

अन्तर्राष्ट्रिय रेडक्रस अभियानमा संस्थापक जाँ हेनरी ड्यूनाको जन्म सन् १८२८ को मे ८ तारिखका दिन स्विजरल्याण्डको जेनेभामा भएको थियो । उनी व्यापारको सिलसिलामा सन् १८५१ को जुन महिनामा इटलीको सल्फेरिनो पुगेको बेला इटाली, फ्रान्स र अष्ट्रिया बिच लडाइमा चालिस हजारभन्दा बढी सैनिकहरु घाइते भएका वा मरेका थिए । युद्धको भयानक दृश्यदेखि ड्युनाले घाइतेहरुलाई तत्कालै सहयोग पु¥याए ।
सल्फेरिनोको यस दुःखद दृष्टिबाट प्रभावित भएर उनले सन् १८६२ मा फ्रेन्च भाषामा “सल्फेरिनोको सम्झना” नामक पुस्तक लेखे जसमा उनले रणभूमिको यथार्थ वर्णन गर्नुका अतिरिक्त युद्धको समयमा सेनाको चिकित्सा सेवा अपर्याप्त हुने भएकोले घाइतेहरुको उद्धारका लागि हरेक देशमा स्वयंसेवी उद्धार संस्था स्थापना हुनुपर्ने र यसका लागि एउटा अन्तराष्ट्रिय सम्झौता हुनुपर्ने सुझाव दिए । पुस्तकले धेरै मानिसको मनमा राम्रो प्रभाव पा¥यो । उनको विचारसँग सहमत हुने स्विजरल्याण्डका डा. मियो डोर जस्ता सहयोगीहरुसँग मिलेर ड्युनाले सन् १८६३ मा घाइतेहरुको सहयोगका निम्ति अन्तर्राष्ट्रिय समिति (International Committee for Relief to The Wounded) स्थापना गरे । सन् १८७५ देखि यही समितिलाई नै रेडक्रसको अन्तर्राष्ट्रिय समिति नामाकरण गरियो ।

अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट अभियान रेडक्रसको अन्तर्राष्ट्रिय समिति विश्वभरि छरिएर रहेका राष्ट्रिय रेडक्रस तथा रेडक्रिसन्ेट सोसाइटीहरुको महासंघको विश्वव्यापी सञ्चालनलाई बुझाउँदा यस सञ्जालको लक्ष्य जुनसुकै समय र ठाउँमा घट्ने मानवीय पिडालाई हटाउनु र कम गर्नु हो । रेडक्रस अन्तर्राष्ट्रिय समिति एउटा निष्पक्ष तटस्थ र स्वतन्त्र संस्था हो । यसको एक मात्र मानवीय लक्ष्य हो युद्ध र आन्तरिक हिंसाबाट पिडित व्यक्तिहरुको जीवन तथा प्रतिष्ठाको संरक्षण गर्नु र उनीहरुलाई सहयोग गर्नु, यसले मानवीय कानून र विश्वव्यापी मानवीय सिद्धान्तको प्रवद्र्धन र सुदृढीकरण गरेर पिडा कम गर्न प्रयत्न पनि गर्दछ । राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरु अन्तर्राष्ट्रिय रेडक्रस अभियान महत्वपूर्ण अंगहरु हुन् । रेडक्रसका राष्ट्रिय सोसाइटीहरुको स्थापना सन् १८६३ देखि नै भएको हो । यिनीहरुले आफ्नो देशभित्र मानवीय क्षेत्रमा प्रकोप उद्धार स्वास्थ्य, खानेपानी जस्ता सेवामूलक तथा सामाजिक र विकासमूलक कार्य गर्दछन् । जेनेभा महासन्धिमा हस्ताक्षर गरेको राष्ट्रमा मात्रै राष्ट्रिय रेडक्रस वा सोसाइटी रेडक्रिसेन्ट स्थापना हुनसक्छ । यसरी हालसम्म १९२ मुलुकहरुमा राष्ट्रिय सोसाइटीहरु स्थापना भएका छन् । नेपाल रेडक्रस सोसाइटी पनि तिनीहरुमध्येको एक हो ।

आजभन्दा १९२ वर्ष अगाडि जन्म लिई मानवीय कार्यमा विश्वव्यापक गराउनुका साथै सन् १९०१ मा जाँ हेनरी ड्यूनालाई उनको कार्य र शान्तिको लागि नोबेल पुरस्कारबाट विभूषित गरे । युद्धमा मानवीय कार्य तथा समझदारीको विकास र सेवाको कदर स्वस्थ अन्तर्राष्ट्रिय रेडक्रसलाई तीन पटकसम्म नोवेल पुरस्कारले सम्भावित गरियो । यसरी घाइतेहरुका उद्धारको निमित्त अन्तर्राष्ट्रिय समितिको नामबाट स्थापना भएको रेडक्रसले आफूसँगै अन्तर्राष्ट्रिय कानूनको समेत पार्दुभाव ग¥यो । युद्धमा प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा संलग्न पक्षहरुको बिचमा निष्पक्ष र तटस्थ रुपमा अन्तर्राष्ट्रिय मानवीय कानूनको संरक्षण र सम्वद्र्धनका लागि आज पनि रेडक्रस विभिन्न स्तरमा विश्वभर क्रियाशील छ । युद्ध कुनै पनि हालतमा एक व्यक्तिको अर्काे व्यक्तिसँगको सम्बन्ध होइन बरु राज्यहरु बिचको सम्बन्ध हो । यस्तो विपत्तिपूर्ण अवस्थामा पिडित व्यक्तिहरुको सुरक्षा प्रदान गर्न र तिनीहरुको हेरविचार गर्न हाम्रा प्राचिन, धार्मिक, साँस्कृतिक, सामाजिक परम्परा र सभ्यतासँग सम्बन्धित युद्धका सर्वमान्य प्रचलनहरु छरिएर रहेका पुराना कानूनहरुलाई जेनेभा महासन्धि संहिताबद्ध गर्दै सुदृढ पारियो । जसको फलस्वरुप यसले आजको समयमा मानवीय विपत्ति, पिडामा सेवा र सहयोग गर्ने रेडक्रसले समग्र मानव समुदायको अवस्था विश्वास र भरोसाको केन्द्रका रुपमा आफूलाई स्थापित गरेको आजको सन्दर्भमा हामी सबैले मिलेर मानवताको संरक्षण गरौं र मानवीय विपत्तिलाई कमभन्दा कम गर्न रेडक्रसको भावनाबाट क्रियाशील बनौं र यस वर्षको (#KeepClaping) नारासहित मे ८ लाई स्मरण गरौं ।

प्रतिक्रिया दिनुहोस्