काभ्रेभञ्ज्याङका युवाहरुले पैदल यात्रुहरुलाई निःशुल्क चप्पल पानी, बिस्कुट, चाउचाउ, औषधि दिए


काभ्रेपलान्चोक – धुलिखेल नगरपालिका वडा नम्बर ९ काभ्रेभञ्ज्याङका युवाहरुले पैदल यात्रुहरुलाई निःशुल्क चप्पल पानी, बिस्कुट, चाउचाउ, औषधि दिन थालेका छ्न ।

युवाहरुले आजबाट काभ्रेभञ्ज्याङमा बीपी राजमार्गबाट गन्तब्य तर्फ जाने यात्रुहरुलाई यस्तो सुविधा दिन थालेका हुन् । केहि चिज आफै र केहि रेडक्रस काभ्रे उपशाखाका सभापति बलराम सिग्देलले सहयोग गरेका छन् भने औषधिको ब्यवस्थापन काभ्रे भञ्ज्याङ स्वास्थ चौकीका इन्चार्ज ब्रम्ह शाहले गरिदिएका छन् ।

राजमार्गमा हिड्दा हिड्दै जुत्ता चप्पल चुडिएका वा च्यात्तिएर खालिखुट्टै हिड्न बाध्य भएकाहरुलाई निःशुल्क चप्पल दिनुको साथै उनीहरुलाई पानी, बिस्कुट, चाउचाउ, औषधि दिन अभियान सुरु गरिएको अभियानका रबिन्द्र सिक्देलले बताए ।

कोरोना भाइरसका कारण लकडाउन भएसँगै राजधानीबाट बीपी राजमार्गहुदै गन्तब्य हिडेका यात्रुलाई धेरै गार्‍हो भएको हुनाले हामीले यस्तो सहयोग गरेका हौं रोशन हुमागाईले भने ।

स्थानीय युवाहरु रोशन हुमागाई, सागर हुमागाई, श्रीजन हुमागाई, निमेष सिग्देल, कुरुणा बजगाई, कुसुम बजगाई, अस्मित हुमागाई र सुबित हुमागाई राजमार्गका यात्रुहरुको सेवाका लागि खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्