नागरिकको स्वास्थ्य स्थिती बुझ्न संसद लम्साल काभ्रेको भुम्लु र मण्डनदेउपुरमा


काभ्रे (भुम्लु) – विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा पनि फैलिसकेको छ । प्रदेश सरकारले प्रदेशका संसदहरुलाई कोरोना भाइरस विरुद्धको लडाइँका लागि समन्वय र अनुगमन गर्ने जिम्मेवारी दिएको छ ।

विपद् व्यवस्थापनको लागि प्रदेश सरकारले स्थानीय तहले आफ्नो कार्यविधीको खर्च अनुसार प्रत्येक नगरपालिकालाई १२ लाख र गाउँपालिकालाई १० लाख रुपैँया सहयोग गरेको छ । विपद्मा स्थानीय तहका कार्यविधि, योजना र त्यसको कार्यन्वयनबारे अनुगमन गर्ने जिम्मेवारी प्रदेश सरकारले प्रदेशका संसदहरुलाई दिएको छ ।

आफ्नो जिम्मेवारी बहन गर्दै वागमती प्रदेश सभाका सदस्य संसद लक्ष्मण लम्साल आफ्नो निर्वाचन क्षेत्रको स्थिती बुझ्न आज काभ्रेको भुम्लु गाउँपालिका र मण्डनदेउपुर नगरपालिका पुगेका थिए । कोरोना भाइरसको रोकथामका लागि के गर्न सकिन्छ भन्ने विषयमा स्थानीय तहका सदस्यसँग उनले छलफल गरेका छन् ।

कोरोनाको संक्रमण फैलिन नदिन भुम्लु गाउँपालिकाले वडा नं १० मा रहेको प्रकाश माध्यमिक विद्यालयमा ३० वटा बेडको क्वारेन्टाइन बनाएको छ । संसद लम्सालले त्यहाँ निमार्ण भएको क्वारेन्टाइनको अनुगमन गर्नुको साथै उक्त क्षेत्रका नागरिकको स्वास्थ्य स्थिती बारे बुझेका थिए । आफ्नो क्षेत्रको नागरिकको स्वास्थ्य र सुरक्षाका लागि आफू सहयोग गर्न सधै तयार रहेको संसद लम्सालले बताए ।

त्यस्तै अनुगमनकै क्रममा लम्सालले मण्डदेउपुर पुगेर त्यहाँका नागरिकको स्वास्थ्य स्थिती पनि बुझेका थिए । कोरोनाको जोखिम न्यूनिकरणका लागि मण्डनदेउपुरका जनप्रतिनिधिसँग प्रत्यक्ष भेट गरि जनताको स्वास्थ्य र सुरक्षाको विशेष निगरानी गर्न आग्रह समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्