बिना काम बाहिर हिँडिरहनु भएको छ ? प्रहरीको फन्दामा परिएला


काभ्रेपलान्चोक – नेपाल सरकारले अति आवश्यक काम बाहेक कोहि पनि घर बाट बाहिर ननिसक्न आदेश जारी गरेको छ । अत्यावश्यक कामबाहेक त्यत्तिकै हिँड्नेलाई प्रहरीले समातेर कार्वाही गर्नुको साथै क्वारेन्टाइनमा राख्ने भएको छ ।

कोरोना भाइरस रोकथामको लागि नेपाल सरकारले देश लाई नै लकडाउन लगाएको बेलामा अनावश्यक हिढने डुल्ने लकडाउनको उलंघन गर्नहरु लाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही गरेको छ ।

एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारमाध्यम लगायत अतिआवश्यक सेवाका सवारीमात्र सडकमा निस्किन पाउनेछन् भने अरु सम्पुर्ण सवारी साधन लाई पुर्ण रुपमा रोक लगाइएको छ ।

सरकारले सम्भावित सङ्क्रमणबाट बच्नका लागि गरेको लकडाउनमा मानिस घर बाहिर निस्कन थालेपछि थप कडाइ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्