पनौतीको फुड बैंकमा वडा-सदस्य कार्कीद्दारा सहयोग


काभ्रे (पनौती) – जिल्लाको पनौती नगरपालिकाका इन्द्रेश्वर प्रा.वि.मा. स्थापना गरेको राहत सहयोग संकलन केन्द्र (फुड बैंक) मा पनौती नगरपालिका वडा नम्बर ८ नेकपा (तल्कालिन नेकपा एमाले) बाट निर्वाचित वडा-सदस्य शोभा कार्कीले सहयोग गरेकी छिन् ।

वडा सदस्य कार्कीले ५० बोरा चामल, २० बोरा चिउरा र ९ बोरा नुन फुड बैकलाई सहयोग गरेकी छिन् । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम न्यूनिकरणका लागि परिस्थिति अनुसार सरकारले समय लम्भ्याएपछि समस्यामा परेका निम्न आयस्तर भएका मजदुर, किसान र अशक्तहरुको लागी सहयोग गरेको वडा-सदस्य कार्कीले बताईन् ।

उनिले विश्वभर नै फैलिरहेको कोरोना भाईरसले गर्दा पनौती नगरपालिकाले नगरपालिकाभित्र आफूखुसि चन्दा वितरणलाई रोकी राहत प्याकेजमार्फत (पूर्ण प्याकेज वा आइटम) लाई सहयतादाताबाट स्वीकार्ने चैत्र १९ गते निर्णय गरेको थियो ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणबा लागि सरकारले लकडाउनको लागू गरेसंगै दैनिक ज्यालादारी गरि खाने परिवारलाई खाद्यन्नको अभाव भएपछि फूड बैंक संचालन गर्ने निर्णय भएको थियो । अहिले नगरपालिकाको फूड बैंकमा सहयोगहरु आइरहेको नगरपालिकाका नगरप्रमुख भिम न्यौपाने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्