बनेपा नगरपालिका वडा ११ ले गर्‍यो राहत वितरण


काभ्रेपलान्चोक – कोरोना भाइरसको संक्रमणबाट बच्न जारी ‘लकडाउन’का कारण दैनिकजीवन ठप्प परिरहेको अवस्थामा आफ्नो वडाभित्र बसोबास गर्ने श्रमिक, मजदुर एवम् विपन्न वर्गका लागि बनेपा नगरपालिका वडा ११ ले राहत वितरण गर्दै

वडाका अति बिपन्न परिवार छनौट गरि राहत बितरण गरिएको वडा अध्यक्ष शिवकुमार थापाले जानकारी दिनुभयो । राहत प्याकेजमा १५ किलो चामल, १ किलो दाल, १ किलो चिनी, १ प्याकेट नुन, १ लिटर तेल, २ वटा साबन र अत्यावश्यक समाग्री बितरण भएको छ । आज २५० जनालाइ राहत बितरण भएको छ ।

वडा अध्यक्ष थापा ,सदस्यहरु सिताराम थापा, लिला थापा, , पार्वति विश्वकर्मा , प्रताप तामाङ , लगायतले राहत सामाग्री बितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्