काभ्रेको बनेपामा नि:शुल्क खाना


काभ्रेपलान्चोक – कोरोना भाइरसको संक्रमणबाट बच्न जारी ‘लकडाउन’का कारण दैनिकजीवन ठप्प परिरहेको अवस्थामा कोठा भाडामा बसोबास गर्ने श्रमिक, मजदुर एवम् विपन्न वर्गका लागि बाच्न निकै गार्‍हो भएको छ ।लकडाउनले गर्दा दैनिक ज्यालादारी गरि खाने अति विपन्न परिवारहरुमा तुलनात्मक रुपमा खाद्यन्नको अभाव देखिएको छ।

काभ्रेको मुख्य सहर बनेपाको तिनदोबाटोमा पानस पार्टी प्यालेसको सकृयतामा बनेपाका युवाहरुले निःशुल्क खाना खुवाएका छन ।

पानस पार्टी प्यालेसलाई सूर्य श्रेष्ठ, विमल सोनाम, विकास श्रेष्ठ, ईन्द्र श्रेष्ठ, नविन वैद्य, निराजन तिमिल्सिना, दिपक दाहाल, दिनेश दाहाल, अरुण थापा लगायतका बनेपाका युवाहरुको साथ रहेको छ ।

पैदलयात्री,मजदुरीहरु, स्वास्थ्यकर्मी, सुरक्षकर्मीलाई लक्षित गरिएको, तर विशेष प्राथमिकता भने सडकमा अलपत्र भएका मानिसहरुलाई खाना खुवाएका छ्न ।

प्रतिक्रिया दिनुहोस्