शिर मेमोरियलले क्वारेन्टाइनलाई एम्बुलेन्स दिने

दियो ५ वटा अस्पताल बेड र मेट्रेस


बनेपा, काभ्रेको बनेपामा रहेको शिर मेमोरियल हस्पिटलको तर्फबाट काभ्रे रेड्क्रस मार्फत जिल्ला बिपद ब्यवस्थापन समितिका लागी अत्याधुनिक ५ वटा अस्पताल बेड र आवश्यक मेट्रेस अस्पतालका प्रमुख डाक्टर डोले एम मोलेले सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई मार्फत जिल्ला बिपद ब्यवस्थापन समिति काभ्रेका लागि हस्तान्तरण गरेका छन ।
बुधबार उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, रेडक्रस काभे्रका सभापति रघुवर चौ प्रधानलगायतको उपस्थितीमा भएको बेड हस्तान्तरण कार्यक्रममा डाक्टर डोले एम मोलेले जिल्लालाई आवश्यक परे अन्य सहयोगका साथै डोनेसनको रुपमा सुबिधा सम्पन्न एम्बुलेन्स १ वटा दिन आफु तयार रहेको बताए । रेडक्रस काभे्रका सभापति रघुवर चौ प्रधानले उक्त कार्यले जिल्लालाई ठुलो सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्