काभे जेसिजले गर्‍यो क्वारेन्टाइनलाई सहयोग



बनेपा, काभ्रे उद्योग बाणिज्य संघको समन्वयमा काभ्रे जेसिज तथा काभ्रे महिला जेसिजले सामाजिक उत्तरदायित्व अन्तर्गत दैनिक अति आवश्यक उपभोग्य सामग्रीहरु बनेपा क्वारेन्टाइनका लागि हस्तान्तरण गरेको छ ।
बनेपा बुडोलमा तयार गरिएको क्वारेन्टाईनका लागि आवश्यक खाद्यान्न, बाल्टिन, चप्पल, ब्रस, मन्जन, साबुन लगाएतका अत्यावश्यक सामग्री काभ्रे जेसिजका अध्यक्ष रिकेश श्रेष्ठ, महासचिव सुवास बैध, काभ्रे महिला जेसिज अध्यक्ष भगवती श्रेष्ठ लगाएतको उपस्थितिमा बुधबार हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्