काभ्रेपलान्चोक –  बनेपा लक डाउनको दोस्रो दिन बनेपाको इलाका प्रहरी कार्यालयले आज एक जना व्यक्ति सहित ४ कार, १ मिनि ट्रक, ७२ मोटरसाईकल, ३ स्कुटर, १ साईकल लाई कार्वाही गरेको छ ।

लक डाउनको दोस्रो दिनमा पनि सर्वसाधारणहरु घरबाट बाहिर निस्किने क्रम घटेन । ईलाका प्रहरी कार्यलय बनेपाको प्रहरी चौकिहरुमा मात्रै एक जना व्यक्ति, ४ कार, एउटा मिनि ट्रक, ७२ मोटरसाईकल, ३ स्कुटर र एक साईकल नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यलय बनेपाको कार्यलय प्रमुख प्रहरी निरिक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन् ।