कोशिपारिका एक ब्याक्ती लाई सहयोगको अपिल धेरै भन्दा धेरै सियेर गर्दिनुहोस


 

काभ्रेपलान्चोक – बनेपा जिल्ला माझीफेदा गा.वि.स. वडा नम्बर १, माझिफेदा हालको चौरीदेउराली गाउँपालिका वडा नम्बर ३ निबासी टिकाराम तामाङको जन्म विक्रम सम्बत २०१६ सालमा बुबा शेर बहादुर तामाङ तथा आमा सन्च माया तामाङको कोखबाट जेठो छोराको रुपमा भएको थियो । सामान्य परिवारमा जन्मिनुभएका उहाँको बाल्यकाल माझिफेदा मै बित्यो । परम्परागत कृषि पेशामा नै निर्भर रहेको उहाँको परिवारमा उहाँले पनि त्यही पेशालाई निरन्तरता दिदै आउनु भो । उहाँले कुनै औपचारिक शिक्षा पनि लिनु नि भएन किनकी सानै उमेर देखि खेतीपाती नै उहाँले आफ्नो समय बिताउनु भयो । संघार्ष गर्दै अघि बाढदै जादा २०३२ सालमा चौरीखोलाको पहिरोमा ठूलो ढुङ्गा आई देब्रे खुट्टामा थिचिएको कारण अझ गार्हो भो उहाँलाई । करिब ११ महिना काठमाडौको वीर अस्पतालमा खुट्टाको गर्नु भयो । उहाँ सम्झिनु हुन्छ “त्यो समयमा त उमेर, ज्यानमा भएको मासुले नजोडिएको त्यो हाड्डीपनि निको भएको महसुस गरेको थिए” । उपचार पछि सामान्य अवस्थामा आएपछी उहाँ पुनः गाउँ फर्किनु भयो । जीवन बिताउदै जाने क्रममा विक्रम सम्बत २०४० सालमा नजिकैको हालको सुनपाती गाउँपालिका बेथान निबासी कमला तामाङ सङ्ग बैवाहिक जिवनमा बाधिनु भो । त्यसपछी कृषि पेशालाई नै निरन्तरता दिदै जानू भो र बिवाहाको ३ बर्ष पछि पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिनु भएका उहाँहरुको परिवारलाई अझ थप संघार्षको दिन सुरुवात भयो । सामान्य परिवार कै कारण परिवारका सदस्यहरुलाई समेत गार्हो थियो जीवन जिउनाको लागि । २ छोरा र ३ छोरीलाई जन्म दिनु भएका यस परिवारमा खुशी र दु:ख दुबै थियो । उहाँ सम्झिनु हुन्छ :- “सन्तान बढ्दै जादा जिम्मेवारी पनि बढ्दै जाने आर्थिक अवस्था कमजोर कृषिमा निर्भरताले शिक्षादिक्षा दिन निक्कै गार्हो भएको थियो ।” तै पनि सबैलाई नजिकै पढाए हुर्काए । यसरी चल्दै गरेको जीवनमा मलाई पुनः भाग्यले ठगियो । करिब ३ बर्ष अघि देखि पुनः भाचिएको खुट्टाको घाउ बल्झिदै आयो । सामान्य अवस्थामा हिड्न समेत निक्कै गार्हो भो अहिले सम्म नि लेजर थेरापी र औसधिको सेवन नियमित गरिरहेको छु । यहि खुट्टाको घाउको कारण मेरो दुबै मृगौला फेल भयो । मृगौला फेल भएकै कारण खुट्टा काट्न सकिँदैन भन्नुहुन्छ डाक्टरले । जीवन मा संघर्ष गर्दै आउदा यो बिपत्ति खेप्नु पर्यो उहाँ सम्झिनु हुन्छ । बिगत ३ वर्ष देखि खुट्टाको घाउको उपचार गर्दै आउने क्रममा १ बर्ष अघि देखि त मृगौलाको पनि नियमित औसधि सेवन तथा डाईलोसिस गरिरहनु भएको छ । उपचारको क्रममा निक्कै खर्छ सकियो उहाँ भन्नू हुन्छ “उपचारको क्रममा आफू सङ्ग भएको र परिवार सङ्ग भएको सबै पैसा सकियो थप उपचार डाईलोसिस र मृगौला प्रत्यारोपण गर्न आर्थिक अभावका कारण निक्कै गह्रौ भएको छ ।” अबको थप उपचारका लागि धेरै खर्चको अभाव हुने भएकोले स्वदेश तथा बिदेशमा रहनु हुने आफन्त, इस्टमित्र, समाजसेवी एवं बुद्धिजीवीहरुलाई सहयोगको लागि अपिल गर्द्छु । तपाईंहरुको सहयोगले मैले नयाँ जीवन पाउन पनि सकिन्छ । सामान्य कृषि पेशामा नै जीवन निर्वह गरेको र आर्थिक अवस्था कमजोर रहेकै कारण मैले मेरो थप उपचारका लागि सबैमा सहयोगको लागि अनुरोध गरेको हो । प्रस्तुतकर्ता : शेरफ योन्जन

प्रतिक्रिया दिनुहोस्