कोशिपारीका दुई गाउँपालिकामा हेल्थ डेस्क संचालन , प्रवेश गर्न स्वास्थ्य परिक्षण


अरबिन्द्र गौतम / काभ्रेपलान्चोक

बनेपा – काभ्रे कोशिपारिमा रहेको दुई वटा भुम्लु गाउँपालिका र चौरीदेउराली गाउँपालिकाले आफ्नो गाउँपालिका छिर्ने मुख्य नाका दोलालघाट र खहरेघाटमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको छ ।दुई गाउँपालिमा छिर्न चाहानेले स्वास्थ्य परिक्षण गरेर मात्रै प्रवेश गराउने निर्णय गरेको हो ।

चौरीदेउराली गाउँपालिकाले शहरबाट गाउँ भित्रीनेहरुको लागि खहरेघाटमा र भुम्लु गाउँपालिकाको सहकार्यमा दोलालघाटमा हेल्थ डेस्क स्थापना गरि प्रत्येक नागरिकको स्वास्थ्य परिक्षण गरेर मात्रै प्रवेश गराउने निर्णय छ ।

कोभिड १९ (कोरोना भाइरस) रोगको परिक्षणको लागि भुम्लु गाउँपालिकाले भने गाउँपालिकाको मुख्य आवतजावत केन्द्रहरुमा हेल्थ डेक्स संचालन गर्ने पनि बताइएको छ ।

आज बसेको गाउँपालिकास्तरिय विपद व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । गाउँपालिका अध्यक्षका अनुसार बाहिरी देशको तथ्यांक हेर्दा कोरोना छिटोभन्दा छिटो सर्ने रोग भएकोले यसको रोकथाम तिर विशेष ध्यान दिनुपर्नेछ । यो रोगले ६० वर्ष भन्दा माथिका मानिसहरु मर्ने सम्भावना धेरै रहेको देखिन्छ । उनिहरु रोगप्रतिरोधात्मक क्षमता कम भएको देखिने बताउनुभयो

प्रतिक्रिया दिनुहोस्