नेपाल स्काउटले ५० ठाउँमा धुने तथा स्यानिटाईजर स्टेशन राख्ने,१० लाख जनता प्रत्यक्ष रुपमा लाभान्वित हुने


 

सुदर्शन बजगाई

काभ्रेपलान्चोक – बनेपा नेपाल स्काउटले विश्वभर फैलिएको कोरोनाको महामारी विरुद्ध काठमाडौं उपत्यका ५० ठाउँमा यही साताबाट हात घुने तथा स्यानिटाईजर स्टेशन राख्ने भएको छ । आज नेपाल स्काउटका तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीले एक भेलामा उपत्यकामा संचालित ५० भन्दा बढी क्र्युलाई जनचेतनामूलक कार्यक्रम गर्न निर्देशन दिनु भएको हो ।

नेपाल स्काउटका तदर्थ समिती संयोजक लोक बहादुर भण्डारीको अनुसार उपत्यकाका ५० बढी भिड भाड हुने ठाउँमा ३-५ जनाको प्रशिक्षित टोलीले हात धुने तरिका सिकाउँदै स्यानिटाइजर उपलब्ध गराएर आम जनतालाई कोरोना भाइरसबारे जागृत गराउने कार्यक्रम एक हप्तासम्म चल्ने छ । अभियान अन्तर्गत कोरोनाको लक्षण र त्यसबाट बच्न अपनाउनुपर्ने सावधानी सम्बन्धि पर्चा समेत वितरण गर्ने स्काउटको योजना छ अभियानबाट कम्तीमा १० लाख जनतालाई प्रत्यक्ष लाभान्वित बनाउने नेपाल स्काउटको लक्ष्य रहेको भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्