दुई खोली दोभान…. सार्वजनिक (भिडियो सहित)


काभ्रेपलान्चोक –  बनेपा सरोज लमिछाने , राजेश ढकाल, सिमा भण्डारी र स्मृति गौतमको मौलीक तथा लोक दोहोरी दुई खोलि दोभान बोलको गित सार्वजनिक भएको छ ।

लोक प्रिय गायक तथा साञ्चार कर्मी सरोज लामिछाने र गायक तथा सर्जक राजेश ढकालको मौलीक शब्दमा दुई खोली दोबान बोलको गित सार्वजानिक भएको हो । गितलाई सरोज लामिछानेले अरु गितहरुमा जस्तै आफ्ने गाउँ घर वरपर झल्कने शब्दहरुको खोजी र जगेर्ना गर्ने आशाले यस गितको शब्द सृजना गर्नु भएको छ । यस गितमा स्वर भने सरोज लामिछाने , राजेश ढकाल , सिमा भण्डारी र स्मृति गौतमको रहेकोे छ ।

यो गितलाई सरोज लामिछानेको अफिसेल युट्युब च्यानल बाट सार्वजानिक गरिएको छ । यो गितको लय सङ्कलन भने सरोज लामिछानेको र सन्तोस लामिछानेको रहेको छ भने शब्द रचनामा राजेश ढकाले पनि सहयोग गर्नु भएको छ ।

गितमा ऐरेन्ज आरके मिलनको रहेकोे छ । गितको म्युजिक भिडियो निर्देशन निश्चल केसिले गर्नु भएको छ भने भिडियो छायाँकन मुकेस हुमागाँईले गर्नु भएको छ। गितमा अभिनय सुकुमायाँ घर्ती मगरले गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्