थुप्रै लोकप्रिय गीतका सर्जक संगीतकार राजेन्द्र बजगाईको शब्द तथा संगीतमा नेपाल र भारतको सहकार्यमा तयार भएको ‘बेली चमेली’ गीतले यतिबेला दर्शक तथा स्रोताको मन जिती रहेको छ ।
गीतको भिडियो भारतको मशकबिन स्टुडियोद्वारा नेपालमा सञ्चालित युट्युब च्यानल मशकबिन नेपाल च्यानलमार्फत हालै सार्वजनिक भएको हो । केही समयअघि संगीतकार बजगाईको गीत ‘पुतली’ अत्यन्त लोकप्रिय भएको थियो । हालै सार्वजनिक भएको ‘बेली चमेली’ मा स्वाती भाटको स्वर, गायक बिनोद ढकालको ¥याप तथा निशाद चन्द्राको संगीत संयोजन रहेको छ । गीतको मिक्स माष्टरिङ्ग मनीभनन आनन्दनले मुम्बईमा गरेका हुन् ।
कोरीयोग्राफर तथा निर्देशक कविराज गहतराजको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको उक्त गीतको भिडियोमा अभिनेता पल शाह तथा भारतीय कलाकार श्वेता महराको अभिनय रहेको छ । भिडियोमा राज टाईगर, बिन्दु रसाईली, रेन्सीका खत्री, सुरक्षा तामाङ्गले पनि अभिनय गरेका छन् । भिडियो सम्पादन बन्दे प्रसाद, कलर रेनिस फागो ता छायांकन सुदिप बराल तथा टीम नोभाईस एण्ड भिजुयल्सको रहेको छ ।
हेर्नुस भिडियो>








