बनेपा÷गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त ईलाका प्रहरी कार्यालय बनेपालाई रियोना इन्टरप्राईजेज, बनेपाको एघारौं वर्षगाठको अवसरमा सुरक्षा सम्बन्धी सामग्रीहरू प्रदान गरिएको छ ।
ईलाका प्रहरी कार्यालय बनेपाका प्र.ना.उ. रामेश्वर त्वातीलाई रियोना इन्टरप्राईजेका रुपेश कायष्थले भिडियो निगरानी प्रणाली आगो निभाउने उपकरणलगायतका सामग्री हस्तान्तरण गरेका हुन । साथै च्यानल नेटवर्क भिडियो रेकर्डर–१, आउटडोर कलरभ्यू क्यामेरा–२, इनडोर कलरभ्यू क्यामेरा–२, इनडोर एक्सआईआर क्यामेरा–४, टिबी निगरानी हार्ड ड्राइभ–१, पोइ स्विच ८ पोर्ट–२, ४ केजी आगो निभाउने उपकरण–२ थान लगायत प्रदान गरिएको हो ।