नेपाल डेरी एसोसिएसनले जहाँ जहिले पनि स्वदेशी उत्पादनको उपभोग बढाउने उदेश्यले आफ्ना गतिविधि गरिरहेको हुन्छ । आफ्ना कार्यक्रमहरु बालबालिका वा जेष्ठ नागरिकलाई दुध सेवन गराई समुद्घाटन गर्ने, मायाको चिनो स्वरुप दुग्ध पदार्थ वितरण गर्ने, आफ्ना कार्यक्रमहरुमा दुग्ध पदार्थ खुवाउने, अन्य पेय पदार्थको ठाउँमा मोही, लस्सि, दही, आइसक्रिम आदि राख्ने, सधैं दुध वा दुध चिया कफि खुवाउने अभियानमा निरन्तर काम गरिरहेको हुन्छ । जसले गर्दा केहि मात्रामा भए पनि दुध तथा दुग्ध पदार्थको स्वदेशी खपत बढेको पाइन्छ । नेपाल डेरी एसोसिएसनले केहि वर्ष अगाडिबाट विद्यालय, अस्पताल, आश्रम विभित्र सामाजिक संघ संस्थामा निःशुल्क मोही सेवन गराउँदै आइरहेको देखिन्छ । यहि क्रममा काठमाडौंको दरबार मार्गमा रहेको रैथाने कृषि उपज बिक्री गर्ने स्थान ओरियन्ट क्याफेमा हरेक शनिवार बिहान ७ बजेदेखि ११ बजेसम्म परम्परागत रुपले ठेकीमा मोही तुल्याई २०८० साल साउन १ गतेदेखि निःशुल्क बितरण गरिरहेको देखिन्छ । हालसम्म ८५ हप्तामा २५ हजार लिटर मोही झण्डै २ लाख जनालाई निःशुल्क सेवन गराइएको छ। सो मोही नेपाल डेरी एसोसिएसनले ब्यवस्थापन गर्दै आएको छ। हालसम्मको हिसाबमा नेपाल डेरी एसोसिएसनले २० लाख बराबरको मोही निःशुल्क सेवन गराएको छ । यहि कुराको प्रभावले आम मानिसमा मोही प्रतिको मोह बढ्दै जान थाल्यो र हिजोका दिनमा मोही सेवन गर्न मन लाग्दा लुकेर सेवन गर्नु पर्दथ्यो भने आज यो अभियानले आम मानिसलाई शानसँग सार्बजनिक ठाउँमा बसि फोटो खिच्दै मोही सेवन गर्न सक्ने अवस्था सृजना भएको छ । हाल देश भरमा दुई दर्जन जति डेरी उद्योगले मोहीलाई लेबलिङ र प्याकेजिङ गरि बजारमा ल्याएका छन् । सबैभन्दा पहिला उपत्यका बाहिर लेबलिङ र प्याकेजिङ गरि बजारमा सन्जिविनी ब्रान्डमा मोही उत्पादन कास्की लेखनाथमा रहेको बजगाईं डेरी उद्योगले गरेको थियो भने उपत्यकामा पाटन औद्योगिक क्षेत्रमा रहेको नवप्रभात डेरी उद्योगले “ प्रभात मोही“ भनि बजारमा ल्याएको पाइयो । अहिले बजारमा लेबलिङ र प्याकेजिङ भएर करीब २५ हजार लिटर मोही दैनिक खपत हुन्छ भने झन्डै १ लाख लिटर मोही अनौपचारिक रुपमा देशभर खपत हुन्छ । दुग्ध क्षेत्र भित्र भविष्यमा यो एउटा ठूलो क्षेत्र बन्ने सम्भावना रहेको छ । अब हामीले मोहीको प्रबद्र्धनमा निरन्तर लाग्न आवश्यक छ । मोहीको यसरी ब्यापक प्रचारप्रसार भई आज यो किसिमको अवस्था सृजना हुनुमा आम मिडिया कर्मीको ठूलो साथ र सहयोग रहेको छ । २०८१ सालबाट यहि चैत २८ गते नेपाल डेरी एसोसिएसन र सरोकारवाला सबैको आयोजनामा “नियमित मोही सेवन स्वस्थ र फूर्तिलो जिवन “ भन्ने नाराका साथ राष्ट्रिय मोही दिवस मनाएका छन् । कृषि क्षेत्रका लागि यो एउटा महत्वपूर्ण दिनको रुपमा चिनिएको छ ।

यसरी मोही दिवस मनाइनाले मोहीको महत्व र यसबाट हुने फाइदाको बारे सबैलाई थाहा हुने र ठेकीमा मोही तुल्याउने कुरा हाम्रो मौलिक परम्परा हो र यसलाई बचाउँन सहयोग पुग्नुको साथै यसको महत्त्व बुझी स्वदेशी खपत पनि बढ्छ भन्ने नै प्रमुख उदेश्य रहेकोे थियो । मोहीले गर्मी मौसम शुरु भएसँगै शरीरलाई चिसो राख्ने र ताजगी दिने गर्दछ । जब गर्मी बढेसँगै पेय पदार्थहरूको चर्चा पनि बढ्न थाल्छ। कोल्ड ड्रिंक, जुस र अन्य कृत्रिम पेय पदार्थको विकल्पमा प्राकृतिक, स्वस्थकर र पारम्परिक रूपमा हाम्रो भान्सामा सहजै उपलब्ध हुने भनेको मोही नै हो । पहिले गाउँघरमा मात्रै सीमित रहेको मोही अहिले शहर बजारमा सहजै पाइन थालेको छ । अहिले विभिन्न मेला, विवाह, भोज, भत्तेर तथा अन्य ठूला कार्यक्रममा समेत मोही राख्ने चलन चलेको छ। एसोसिएसनले देशभर मोही प्याकेजिङ, ब्रान्डिङ र बजार व्यवस्थापन गर्न सबैलाई आव्हान गर्दै आएको छ। यसैले गर्दा डेरीहरूले स्थानीयस्तरमै उत्पादन गरेको मोहीलाई अब सुपर मार्केट, खुद्रा पसल, होटल र क्याफेहरूमा सहजै उपलब्ध गराउन थालेका छन ।

नेपाल डेरी एसोसिएसनले मोही अभियानलाई अझ व्यापक बनाउन विवाह, भोज, महोत्सव तथा व्यापारिक मेला जस्ता स्थानमा प्रचारप्रसारका लागि निशःशुल्क मोही वितरण गरिरहेको छ। यो अभियानले डेरी उद्योगलाई नयाँ उचाइमा पु¥याएको छ भने नेपालको मौलिक उत्पादनलाई प्रवद्र्धन गर्न पनि टेवा पु¥याएको छ। मोहीलाई यहाँसम्म पु¥याउन एसोसिएसनको ठूलो योगदान,साथ र सहयोग रहेको छ । अब डेरी उद्योगले थप नयाँ उचाईमा पु¥याउन यसको फाइदा, महत्त्व, र मौलिकता बुझी सबैलाई बुझाउन जरुरी छ ।

मोही दहीबाट बनाइने एक पारम्परिक पेय पदार्थ हो। पहिलेदेखि नै नेपाली समाजमा दहीको उपयोग उच्च छ। जसलाई विभिन्न तरिकाले उपभोग गरिँदै आएको छ । मोही बनाउने परम्परागत विधिमा दहीलाई ठेकी वा मट्कोमा राखेर पानी मिसाएर घोटिन्छ। यसरी बनाइएका मोहीमा आवश्यकता अनुसार स्वादका लागि नुन, जिरा, अदुवा, वा अन्य मसला मिसाएर बनाइन्छ। तर, अहिले बजारमा प्याकेजिङ सहितका मोहीहरू पनि आउन थालेका छन्, जसले गर्दा आधुनिक जीवनशैलीमा पनि मोहीलाई सहजै अपनाउन सकिन्छ ।

गर्मी मौसममा मोही पिउनु भनेको शरीरलाई चिसो बनाउनु हो। गर्मीले शरीरको पानी कम हुँदा डिहाइड्रेसनको समस्या आउन सक्छ । मोहीले त्यस्तो समस्याको समाधान गर्छ। मोहीमा पाइने प्रोबायोटिक तत्वले पेटलाई स्वस्थ राख्छ। गर्मी मौसममा देखिने अपच, एसिडिटी वा ग्यास्ट्रिक समस्या मोही पिउँदा कम हुन्छ। मोही कम क्यालोरीयुक्त पेय पदार्थ हो। यसको नियमित सेवनले शरीरलाई आवश्यक पोषण दिन्छ तर तौल बढाउँदैन। मोहीमा क्याल्सियम र प्रोटिन भरपूर मात्रामा पाइन्छ । मोहीले हड्डी बलियो बनाउँछ। विशेष गरी वृद्धवृद्धा, बालबालिका, वा तौल घटाउने प्रयासमा रहेका व्यक्तिहरूका लागि मोही उपयुक्त पेय हो। नियमित मोही सेवनले छालामा नमी बढाउँछ र चमक ल्याउँछ। यसमा भएको ल्याक्टिक एसिड छालालाई स्वस्थ बनाउन मद्दत गर्छ। गर्मी मौसममा भाइरल इन्फेक्सनहरू धेरै हुने भएकाले मोहीको सेवनले शरीरलाई रोग प्रतिरोधात्मक क्षमता दिन्छ ।

केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य पेय पदार्थको तुलनामा मोही सेवन गर्न सुझाव दिनुभएको थियो भने डाक्टरहरुले पनि मोही पिउन सल्लाह दिइरहेका हुन्छन् । यसअघि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा आयोजित रैथाने कृषि बजारमा ठेकीको मोही सेवन गर्नुभएको थियो । अहिले त केहि पालिकाहरु जस्तै चितवनको इच्छा मनकामना र काभ्रेको मण्डन देउपुर पालिकाले मोहीलाई प्राथमिकताका साथ अगाडि बढाइरहेका छन् । यसबाट पनि पुष्टि हुन्छ कि मोही हाम्रो लागि अत्यन्तै महोत्वपूर्ण पेय पदार्थ हो । मोही अब केवल गाउँघरमा मात्र सीमित नभई अब राष्ट्रिय स्तरमै लोकप्रिय पेय पदार्थ बन्दै गएको छ। नेपालको मौलिक स्वाद भएको, स्वास्थ्यका लागि फाइदाजनक, र प्राकृतिक रूपमा शरीरलाई स्वस्थ राख्ने मोही आजको समयमा सबैको पहिलो रोजाइ हुनुपर्छ ।

स्वास्थ्यका लागि दहीलाई अमृत समान मानिन्छ । शरीरलाई शीतल बनाउने भएकोले दहीलाई मात्रै होइन मोहीलाई पनि स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । यी दुबैमा प्रशस्त मात्रामा पोषण पाइन्छ । दुवैले हाम्रो शरीरलाई स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्छ । सर्सर्ती हेर्दा दुवै स्वास्थ्यका लागि राम्रो छन् । तौल घटाउने प्रयास गरिरहँदा दहीभन्दा मोही नै बढी फाइदाजनक हुन्छ । सय ग्राम दहीमा ९८ क्यालोरी हुन्छ भने मोहीमा ४० ग्राम मात्रै क्यालोरी हुन्छ । तौल घटाउने अभियानमा रहेकालाई दहीको तुलनामा मोही बढी उपयोगी हुन्छ । मोहीमा प्रशस्त मात्रामा पानी हुन्छ । यसले शरीरलाई लामो समयसम्म हाइड्रेटेड राख्छ । मोही पिउँदा लामो समयसम्म पेट टम्म भरिएको महसुस हुन्छ । शरीरमा पानीको पनि कमी हुँदैन । अर्को महत्त्वपूर्ण कुरा चाँहि केही मानिसलाई ल्याक्टोज इन्टोलरेन्स हुन्छ । यस्ता मानिसहरू दही खान सक्दैनन् । दही सहजै पच्दैन । तर मोही पचाउन धेरै मिहेनत गर्नु पर्दैन । त्यसैले पनि यो राम्रो विकल्प हुन्छ । पौष्टिकता बारे कुरा गर्ने हो भने दही र मोही दुबैमा हाम्रो शरीरलाई आवश्यक भरपुर मात्रामा प्रोबायोटिक्स पाइन्छ । यी दुबैमा क्याल्सियम, भिटामिन र अन्य धेरै पोषक तत्त्वहरू हुन्छन् ।

मोही खाँदा स्वास्थ्यमा फाइदा पु¥याउनुको साथै अन्य धेरै कुरामा समेत हित गर्दछ । पटक पटक बाडुल्की लाग्ने समस्या रहेमा मोहीमा एक चम्मच अदुवाको पाउडर मिलाएर सेवन गर्दा लाभ दायक हुन्छ । सौन्दर्य समस्याको लागि पनि मोही निकै फाइदाजनक चीज हो । यसको साथै गुलाबको जरालाई मोहीमा पिसेर अनुहारमा लगाउँदा डन्डीफोरको समस्या कम हुन्छ । यदि हामी अत्यधिक तनावमा भयौं भने वा शरीरको कुनै पनि भागमा पोलेको छ भने तुरुन्त मोही सेवन गर्ने वा लगाउँदा आराम मिल्छ । कुर्कुच्चा फाट्ने समस्या हुँदा मोहीको सेवन गर्दा अत्यधिक लाभदायिक मानिन्छ ।

यि सबै कुराको महत्व बुझी नेपाल डेरी एसोसिएसनले हाम्रो मौलिक, पराम्परागत रुपमा परापूर्वकालदेखि नै पेय पदार्थको रुपमा उपयोग हुँदै आएको स्वास्थ्यको दृष्टीकोणले पनि श्रेयस्कर घरमै बनाउन सकिने अत्यन्तै लाभदायिक पेय पदार्थ मोहीको उपयोगिता, व्यवासायिकरण तथा बजारीकरणका लागि लामो समयदेखि क्रियाशिल रहि आएको कुरा सबैमा अवगत नै छ ।

हाम्रो देशमा विभिन्न देशबाट आयातित विभिन्न किसिमका विदेशी पेय पदार्थको आयातको परिमाणको तथ्याङ्क अत्यन्तै धेरै रहेको अवस्थामा स्वदेशमा उत्पादित मोहीको प्रबद्र्धन गर्ने उद्देश्यका साथ “स्वस्थ र पÞmुर्तिलो जीवन, नियमित मोही सेवन” भन्ने नारा सहित पशु सेवा विभाग तथा राष्ट्रिय दुग्ध विकास बोर्डको सहकार्यमा नेपाल डेरी एसोसिएसन ( ल्म्ब् ), कृषि पत्रकारहरुको संस्था (अनाज), दुग्ध विकास संस्थान (म्म्ऋ ), केन्द्रीय दुग्ध सहकारी संघ ( ऋम्ऋब्ल्), उद्योग वाणिज्य महासंघ अन्तर कृषि उद्यम केन्द्र ( ब्भ्ऋ ) , केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ लिमिटेड नेपाल, कृषि तथा पशुपन्छि व्यवसायी संघ ( ल्ब्ीद्यब् ), रोटरी क्लब अफ कपनको सयुक्त आयोजनमा यहीं २०८१ चैत २८ गतेका दिन “राष्ट्रिय मोही दिवस कार्यक्रम” भव्य र सव्य रुपमा पहिलो पटक मनाइएको थियो। कार्यक्रम सफल बनाउन आम सरोकारवाला सबै लागेका थिए । अब हामी सबै जना निस्वार्थ भावनाले सकारात्मक र अनुशासित भई कृषि क्षेत्रको विकासमा लाग्न आवश्यक छ ।