छोरा र छोरी समान सम्झी अगाडि बढौं–प्रल्हाद दाहाल


नारी र पुरुष दुबै बाबुआमा कै सन्तान हुन् । यहि समाजमा नै हुर्के बढेका, पढेलेखेका परिवार संगै बस्ने दुबै सामाजिक प्राणी हुन् । तर दुबैको समाजमा, घरवारमा बाबुआमा, अफिस सबै ठाउँमा फरक फरक आँखाले हेर्ने गरिन्छ । हो केहि हदसम्म शारिरिक बनावट फरक छ । तर प्रकृतिले दिएको फरकभन्दा पनि मानिस आफैंले हेर्ने दृष्टिकोण चाँहि निकै नै फरक छ । एकै आमाबाबुको सन्तान हुन् तर गरिने व्यवहार चाँहि किन फरक त ? यस्तो फरक दृष्टिकोण राखेकै कारण आज समाजमा नारी र पुरुषको भिन्नता धेरै देखिएको छ । खासमा यस्तो धेरै फरक मान्नुपर्ने र देख्नुपर्ने फरक त्यस्ता धेरै नहुँदा नहुँदै पनि समाजले धेरै भिन्नता देखाएको छ ।
छोरा भएको कारण उसले खाना बनाउनु नपर्ने, लुगा धुनु नपर्ने, घर सफा गर्नु नपर्ने, घाँस दाउरा काट्नु नपर्ने, भान्साका काम गर्नु नपर्ने, अनि छोरी भएकै कारण यि सबै काम अनिवार्य गर्नुपर्ने तर दाजुभाईको जस्तो फुटबल खेल्न, साँझ बिहान घर बाहिर निक्लन, गाह्रो गह्रुंगो काम गर्न अनि साथीभाईसंग घुमफिर गर्न नपाउने पनि केहि समानता हुन सक्छ ? के काम गर्दा, सिप सिक्दा छोरा मान्छेलाई समस्या हुने हो र ? झन काम जान्दा त फाइदै हो नि तर हाम्रो समाजमा अलि फरक छ । छोरीले सबैकुरा जान्नुपर्ने तर छोराले नजाने पनि हुने । यस्तो गर्नुहुन्न काम छोराछोरी सबैले सिक्न र जान्नु पर्छ, छोराछोरी जो सुकै होस् । सिप भन्ने कुरा जान्दा राम्रो हो नजान्दा चाँहि घाटा हुन्छ । त्यस कारण अब यो २१औं शताब्दी हो, यहाँ छोराछोरीमा फरक छैन र गर्नु पनि हुन्न ।
हाम्रो समाजमा महिलाहिंसा धेरै हुने गरेका छन् । त्यसमा महिला कमजोर भएर प्रतिकार गर्न नसकेर होइन, हिंसा गर्ने पुरुष अज्ञानी, बुद्धिहिन र आफूले आफूलाई बलवान, महान र शक्तिशाली ठानेर घमण्डी बन्नुको प्रतिफल हो । अब हामीले साँच्चै परिवर्तन चाहेको र महिलाहिंसा रोक्ने हो भने महिलालाई जनचेतना, प्रतिकार गर्ने तालिमभन्दा पनि पुरुषलाई जनचेतना र तालिमको आवश्यक छ । “अचानोलाई बलियो बनाउनुभन्दा खुकुरी नै नचलाउनु” राम्रो हो । त्यस कारण अब हामीले आ–आफ्नो घरबाट परिवर्तन शुरु गर्नुप¥यो । छोरा र छोरी प्रतिको भेदभाव बन्द गर्नुप¥यो । घरको सबै काममा छोराछोरी दुबैलाई बराबर लगाउनुप¥यो । यो काम छोरा र छोरी भनेर छुट्याउनु भएन । सानैदेखि भेदभाव नगरी बराबर सोच्ने हो भने पक्कै पनि त्यो घरका छोराछोरीले समाजमा हुने हिंसामा समावेश हुने छैनन् र समाजमा उदाहरण बन्न सक्दछन् । अब हामीले छोरा र छोरीलाई समान मान्ने हो भने उनीहरु प्रति गरिने व्यवहार पनि फरक हुनु हुँदैन । भान्सामा गरिने कामदेखि मैदानमा खेलिने फुटबलसम्म छोरा र छोरी दुबैलाई समावेश गराउनुप¥यो । त्यसले महिलामाथि हुने हिंसामा कमि आउनुको साथै छोराछोरी दुबैमा सबै किसिमका सिपको पनि विकास हुन्छ । त्यसले सबैलाई फाईदा हुन्छ । छोरालाई पनि घरको सबै किसिमका कामको ज्ञान हुँदा सिपको विकासले उसलाई निकै फाइदा हुन पुग्दछ भने छोरीलाई पनि कहिल्यै आफू छोरी भएकोमा नराम्रो लाग्ने छैन ।
हाम्रो समाजमा अझ पनि छोरा र छोरी बिचको भिन्नता कायमै देखिन्छ । छोरालाई राम्रो स्कुलमा पढाउने अनि छोरीलाई पैसा तिर्न नपर्ने स्कुलमा पढाउनेदेखि लिएर खान, हिंडडुल गर्न, लाउनका साथै अन्य सबै किसिमका क्रियाकलापमा फरक छ । जबसम्म यो फरकपन घरबाट हटाउन सकिन्न तबसम्म समाजबाट हटाउन धेरै कठिन छ । हिजोदेखि चल्दै आएको संस्कार मरेपछि क्रिया गर्न छोरा नै चाहिने कुरा पनि अब अन्त्य भइसकेको छ । अब छोरीले पनि क्रिया गर्न थालिसके अनि हेरविचार र रेखदेखको कुरा गर्ने हो भने त अझ छोरालेभन्दा छोरीले बढि गर्दछन् भन्ने कुरा हामी सबैले देखिसकेका छौं । धेरै घरपरिवारमा छोराबुहारीले नहेरेपछि बुढा बाबुआमालाई छोरीले लगेर पालेका कुरा हामीले देखेका र सुनेका छौं । त्यस कारण छोरा र छोरीलाई समान व्यवहार गरौं । छोराले गर्ने र छोरीले गर्ने सबै काम बराबर हुन् र सबै काम दुबैजनाले गर्न हुन्छ भन्ने कुरा हामीले बुझाउन सक्नुपर्छ । तब मात्र समाजमा परिवर्तन गर्न सजिलो हुन्छ । अन्यथा “काम कुरो एकातिर, कुम्लो बोकी ठिमि तिर” भने झैं हुन जान्छ । अब कुराभन्दा पनि हामी सबै मिलेर कुसंस्कार र कुरितिको परिमार्जन तिर लाग्नु पर्दछ । होइन भने अफ्ठ्यारो भई यस्तो कुरा सदाको लागि रहिरहने छन् । जुन कुराले समाजमा सकारात्मकभन्दा पनि नकारात्मक असर परिरहेको हुन्छ । अब हामी आधुनिक समाज निर्माणको क्रममा छौं । जहाँ नमिल्दा संस्कारलाई परिमार्जन गरेर हाम्रो संस्कृति र संस्कारलाई बचाई राख्नु पर्छ । हाम्रो शान अनि परिचय भनेकै हाम्रो धर्म, संस्कृति, रितिरिवाज, संस्कार हुन् । हामीले विकास निर्माणमा धेरै ठूलो फड्को मार्न नसके पनि अन्य नयाँ कुराको आविष्कार गर्न नसके पनि विविध भाषा, धर्म, संस्कृतिको माध्यमबाट हाम्रो देशको नाम विश्वसामु चिनाउन सकिन्छ । त्यसअर्थ यसलाई बचाई राखौं । यसमा कुसंस्कार भनेर रहेका हरेक कुराहरु हटाएर मात्र हाम्रो कल्याण हुन सक्छ । होइनभने यो २१औं शताब्दीमा यसले राम्रो कुराको प्रचार प्रसारभन्दा पनि नकारात्मक कुराको प्रचार प्रसार हुन जान्छ । त्यस कारण बेलैमा सजक बनौं । हामी नेपालीहरु ध्ोरै कुरा भएर पनि केहि नभएका जस्ता भएका छौं । हामीसंग धेरै कुराहरु छन् । तर त्यसको सहि सदुपयोग गर्न नजान्नाले हामी पछाडि परेका छौं । अब हामीले बेलैमा सजक भएर नकारात्मक रुढिवादि कुराहरु सबै छाडेर हामीसंग भएका सकारात्मक कुराहरुको सहि तरिकाले सहि सदुपयोग गरि अगाडि बढ्नु प¥यो । यसले देश र हामी जनता सबैको कल्याण हुन्छ । त्यसमा हामी सबै लागि पर्नुप¥यो । हामी प्रकृति कुरामा धेरै धनि छौं । यि भएका सबै कुराहरु सहि तरिकाले उपभोग गरौं छोरा र छोरी समान सम्झी अगाडि बढौं । यसैमा हामी सबैको हित हुने छ ।-नव क्षितिज साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्