बनेपा,केहिदिन अघि काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाबाट एशियाली विकास बैकले हात झिकेसंगै जनतामा यो योजना सम्पन्न नहुने हो की भन्ने त्रासबढेको पाइयो तर त्यो त्रास मात्रै हो किनकि उक्त योेजनामा एशियाली विकास बैकसँग भएको सम्झौता सकिए पछि नेपाल सरकारले आवश्यक कार्य पुरा गर्ने गरी आयोजनालाई थप रकम दिने गरी जिम्मेवारी लिई सकेको छ ।

काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना लगायत मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजना अन्तर्गतका आयोजना संचालन गर्न नेपाल सरकार र एशियाली विकास बैंकबीच भएको सम्झौताको २०१९ डिसेम्बर ३१ मा म्याद सकिएको भएपनि शहरी विकास मन्त्री गोकुल बाँस्कोटाको उपस्थितीमा सम्पन्न तीनवटा नगरपालिकाका प्रमुख, सम्वन्धित मन्त्रालयका विभागिय पदाधिकारीहरु सम्मिलित बैठकले उक्त आयोजना सम्पन्न गर्ने गरी कार्यतालिका तयार गरी कार्यान्वयन शुरु गरेको काभ्रे उपत्यका खानेपानी ब्यवस्थापन वोर्ड का अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठले जानकारी गराएका छन ।

मन्त्री बाँस्कोटाले आयोजना सम्पन्न गर्ने जिम्मेवारी प्राप्त निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न अल्टिमेटम दिदै बाँकी काम २०७७ जेठ १५ गते भित्र सम्पन्न गर्न सम्झौताको म्याद सकिए पछि आवश्यक पर्ने बजेट ३० करोड नेपाल सरकारको श्रोतवाट व्यहोरिने गरी २०७६ फागुन १५ गते भित्र रकम निकासा गर्ने मन्त्री बाँस्कोटाले बताएका छन ।
०७७ जेठको दोस्रो हप्ता भित्र काम सम्पन्न गरी असार मसान्त भित्रवाट घर घरमा खानेपानी पु¥याउन बनेपा, धुलिखेल र पनौती नगरपालिका क्रियाशील रहेको बोर्डका अध्यक्ष अशोक ब्याञ्जुले बताएका छन ।

आयोजना सम्पन्न गर्न बिछ्याई सकेका पाइपलाइनहरुवाट वाँकी केही पाइप लाईनहरुमा पानी परीक्षण गर्ने, ट्रष्ट ब्लक÷इन्टरकनेक्सन, पानी प्रशोधन केन्द्र तथा रिजभ्र्वायर ट्यांकहरु परीक्षण, सडक विभाग र नगरपालिकाहरुवाट वाटो निर्माण, विस्तारको क्रममा विगारिएका र क्षति पु¥याएका पाइपलाइनहरु मर्मत र सिंचाईका केही बाँकी काम रहेको छ । जिल्लाको बनेपा, धुलिखेल र पनौती नगरपालिका क्षेत्रका करिव एक लाख नागरिकलाई शुद्ध र गुणस्तरीय खानेपानी उपलव्ध गराउने उद्देश्यले नेपाल सरकार, एशियाली विकास बैंक र बनेपा–धुलिखेल–पनौती नगरपालिकाहरुको संयुक्त लागत सहभागितामा राष्ट्रिय प्राथमिकता प्राप्त काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना २०१३ जुन १२ देखि संचालन शुरु भएको हो । –नव क्षितिज साप्ताहिकबाट