गायक मदन बिष्टको जवानी बजारमा (हेर्नुस भिडियो सहित)



पछिल्लो समय चर्चित बन्दै गएका काभ्रेली लोक गायक मदन बिष्टले जवानी आएसी बोलको गित बजारमा ल्याएका छन ।
डायनामिक प्रोडक्सनकोे प्रस्तुती रहेको गीतमा गायक मदन बिष्ट र आकृती श्रेष्ठले स्वर भरेका छन । भोजराज काफ्लेको लय÷शब्द रहेको गीतमा छायांकन मुकेश हुमागाई, श्रृगार कविता तोलाङ्गी, सम्पादन प्रकाश एस.के., नृत्य निर्देशन रविन सन, निर्देशन राज तिमल्सिनाले गरेको गीतको भिडियोको दृष्य निर्माण डायनामिक प्रोडक्सनले गरेको छ ।
आर एम फिल्मस्को युट्युब च्यानलबाट सार्वजनिक भएको जवानी आएसी बोलको गितको म्यूजिक भिडियोमा पारश खड्का र नम्रता अर्यालको अभिनय रहेको छ ।

हेर्नुस भिडियो >

प्रतिक्रिया दिनुहोस्