एजुकेसनल डेभलपमेन्ट इनिसिएटिभ नेपाल एडिनद्वारा स्कुल डेभलपमेन्ट ह्यान्डबुक नामक पुस्तक प्रकाशन भएको छ ।
एक समारोहबीच एडिनका निर्देशकद्वय मनोज कुमार श्रेष्ठ र नेत्र न्यौपानेले पुस्तक विमोचन गर्नुभएको हो। अष्ट्रियन नागरिक बरनार्ड पोसर्ट र हिक्मत दाहालद्वारा लिखित उक्त पुस्तक विद्यालयको समग्र विकास र व्यवस्थापनको न्ब्ःःब् ःयमभ िमा आधारित भएर तयार पारिएको पुस्तकका लेखक हिक्मत दाहालले बताउनुभयो।
पुस्तकबारे बोल्दै बलराम भट्टले बदलिँदो परिप्रेक्षमा पुस्तकको महत्त्व र यसको प्रयोगबाट विद्यालय नेतृत्वले आफ्ना विभिन्न क्षेत्रलाई कसरी गतिशील बनाउन सक्दछ भनेर प्रकाश पार्नुभयो।
विशेषगरी कोभिडपश्चात विद्यालयहरुमा भएका नवीन प्रयोग, विद्यार्थी केन्द्रीत सिकाइ, शिक्षक विद्यार्थी सम्बन्ध तथा सिकाइ सम्बन्धि बदलिँदो धारणा समावेश भएको यस ह्यान्डबुक धेरै कार्यशालाहरुको निचोडको रुपमा प्रस्तुत भएको जानकारी गराउँदै वक्ताहरु प्रकाश राज बुढाथोकी र मोदराज पाण्डेले यसको प्रयोगले विद्यार्थी, शिक्षक र अभिभावक समेतलाई सहयोग पुग्ने बताउनुभयो।
एडिनले शैक्षिक कार्यशाला, बहस, प्यानल डिस्कसन लगायतका कार्यक्रमहरुको माध्यमबाट शैक्षिक जागरणमा सहयोग पुर्याइरहेको छ। यस संस्थाले विभिन्न स्थानीय निकाय, निजी तथा सरकारी विद्यालयहरुमा शिक्षक, विद्यार्थी तथा नेतृत्वलाई आवश्यक तालिम, गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक अध्ययन अनुसन्धान गर्ने रिसर्चरलाई ग्रान्ट समेत उपलब्ध गराइरहेको बिनोद बाबु ढकाललले बताउनुभयो ।
एडिनको कार्यालय बालाजुमा आयोजित उक्त पुस्तक विमोचन कार्यक्रममा काठमाडौं उपत्यकाका ५४ जना स्कुल लिडरहरुको सहभागिता रहेको थियो।