नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघ कर्णाली प्रदेशको चौथो भेला बिरेन्द्रनगरको सुर्खेतमा शुक्रबार सम्पन्न भएको छ ।
संघका केन्द्रिय अध्यक्ष पुर्ण प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाबाट प्रदेश अध्यक्षमा गणेश बस्नेत, बरिष्ठ उपाध्यक्षमा सिर्जना परियार, उपाध्यक्षहरु बिपना बम, मिरा ढकाल, महासचिवमा शिवराज रोकाय, सचिवमा राज बहादुर बुढा र कोषाध्यक्षमा तारा शाहि लगायत निर्बाचित भएका छन ।
कार्यक्रममा केन्द्रिय उपाध्यक्ष ध्रुर्व थापा, उप–महासचिव हरिमाया कार्कीलगायतको आतिथ्यता रहेको थियो ।