ओपन डबली फुटसल प्रतियोगिता सम्पन्न


 

९ , पुस / काभ्रेपलान्चोक –  बनेपा रोट्रेक्ट क्लब अफ शिखलापुर  र डबली मार्टको संयुक्त रूपमा ओपन डबली फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

अखिल नेपाल फुटबाल संघका संयोजक दावा लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो भने प्रतियोगितामा जम्मा १६ क्लबको सहभागी रहेकोे थियो ।  पावर एफ.सी क्लबले प्रथम स्थान हासिल गरि नगद पचास हजार सहित मेडल सिल हात पर्न सफल भएको थियो ।

उपबिजेता आर.सी.सी लाई नगद बीस हजार सहित मेडल सिल पुरस्कार रहेको थियो । यस प्रतियोगिता लाई बिभिन्न संघ संस्थाहरु अखिल नेपाल फुटबल संघ , काभ्रे जिल्ला फुटबल संघ , बनेपा मिनी मार्ट , बनेपा स्पोर्ट्स सेन्टर , उमंग साकोस , बामेल सिनेमा , शाक्य बकरी , नेवा किचेनको साथै अरु विभिन्न संघ संस्थाहरुले सहयोग गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्